सन नेपाल लाइफको खुद बीमाशुल्क आधा अर्ब माथि, नाफा भने घट्यो

Feb 14, 2020 10:14 AM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५६ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ करोड ५३ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३३ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ४ करोड १८ लाख र बीमालेख धितोबाट ११ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४२ लाख रुपैयाँले घटेर ५ करोड ११ लाख रुपैयाँमा सीमित भएको हो।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको जगेडा कोषमा २१ करोड १८ लाख, जीवन बीमा कोषमा १ अर्ब १६ करोड ३१ लख र महाविपत्ती जगेडा कोषमा १ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको सर्वसाधारण सेयर निष्काशन गर्ने प्रकृयामा रहेको छ। कम्पनीले आइपिओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ४५ हजार ३६८ वटा बीमालेख जारी गरी हालसम्ममा १ अर्ब ६९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २६ दाबी बापत ३८ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।