गुराँस लाइफको खुद बीमाशुल्क अर्ब नजिक, नाफामा समेत सुधार

Feb 12, 2020 01:56 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९५ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ करोड ७८ लाख रुपैयाँ बढी हो।

गत वर्षको दोस्रा त्रैमाससम्ममा इन्स्योरेन्सले ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ३ करोड २५ लाख रुपैयाँ बढेर ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा इन्स्योरेन्सले ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ३० करोड ३८ लाख रुपैयाँ, बीमालेख धितो कर्जाबाट २ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ७२ लाख, जीवन बीमा कोषमा ६ अर्ब ६७ करोड ३४ लाख र महाविपत्ती कोषमा ४ करोड ३२ लाख रुपैयाँ संचित छ।

हालसम्म इन्स्योरेन्सले ८ अर्ब ७७ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ६ हजार ७२८ दाबी बापत हालसम्म एक अर्ब १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ३३.८२ गुणा छ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।