शेयर शिक्षाः बढ्दो बजारमा ‘बुल ट्रयाप’को आशंका, के हो त ‘बुल ट्रयाप’?

Feb 27, 2020 04:24 PM Merolagani



पछिल्लो समय बजार निरन्तर उकालो लाग्ने क्रममा छ। बजार दैनिक उच्च दरमा बढीरहेको छ। यस वृद्धिदरलाई कतिपय विश्लेषकहरुले ‘बुल ट्रयाप’ हो कि भन्ने आशंका गरेका छन्।

बजारमा उतारचढाव हुनु स्वभाविक हो। बजारको सौन्दर्य भनेकै उतारचढाव हो। तर, प्राकृतिक रुपमा बजार बढ्नुपर्छ। बजार कसैको चलखेलका कारण बढ्नु राम्रो होइन। केही ठूला लगानीकर्ताहरु मिलेर बजारलाई बेस्सरी बढाई केही समयपछि थचार्दा साना तथा नयाँ लगानीकर्ताहरु फस्ने गर्दछन्।

के हो बुल ट्रयाप?

बुल ट्रयाप ठूला लगानीकर्ताहरुले धितोपत्र बजारमा गरिने एक चलखेल हो जहाँ पहिला अन्य लगानीकर्ताहरुलाई कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्छ भन्ने विश्वस्त हुनेगरी बढाइन्छ र केही समयपछि त्यसलाई पुनः पहिले कै अवस्था अथवा त्यो भन्दा तल्लो स्तरमा पु¥याइन्छ। विशेषगरी अल्पकालीन लगानीकर्ता या भनौँ ट्रेडरहरु आफुले नाफा कमाउने उद्देश्यसहित कृतिम ‘खरिद संकेत’ सिर्जना गरी दीर्घकालीन, नयाँ तथा साना लगानीकर्ताहरुलाई जालमा फसाउन यस्तो जाल विछ्याउँछन्। यस्तो ट्रयापमा जाल बिछ्याउने आफै पर्ने सम्भावना पनि रहन्छ।

बुल ट्रयाप हो भन्ने थाहा नपाई सो ट्रयापमा फासेका लगानीकर्ताहरु धेरै नोक्सानी व्यहोरी बाहिरिन बाध्य हुन्छन्। यस्तो ट्रयापले तब सफलता पाउँछ जब खरिदकर्ताहरुले वृद्धिलाई समर्थन गर्न सक्दैनन्। लगानीकर्ताहरु कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्नु जायज छ कि छैन भन्ने कुरामा सचेत भए यस्ता ट्रयापबाट बच्न सक्छन्। यसका लागि लगानीकर्ताहरुले विभिन्न प्राविधिक विश्लेषणका विभिन्न उपकरणे मद्दत लिन सक्छन्।

जस्तै, कुनै पनि सूचक अथवा कम्पनीको शेयरमूल्य वृद्धिलाई त्यसको भोल्युम र बुलिश मैनबत्तीहरुले साथ दिइरहेको छ कि छैन भनेर हेर्न सकिन्छ। यदि त्यो वृद्धिमा भोल्युम र अन्योलपूर्ण मैनबत्ती जस्तै डोजी स्टार देखिएको छ भने त्यो बुल ट्रयाप हुन सक्छ।

भोल्युम र अन्य उपकरणहरुले साथ नदिएको खण्डमा सक्दो चाँडो शेयर बिक्री गरी बजारबाट बाहिरिँदा बुल ट्रयापमा फस्नबाट बच्न सकिन्छ। यस्तो अवस्थामा स्पट लसले पनि सहयोग गर्न सक्छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।