शेयर शिक्षाः डिम्याट खाताका फाइदाहरु के के हुन? डिम्याट खाता कसरी खोल्ने?

Oct 28, 2023 10:57 AM Merolagani



शेयर शिक्षाको अघिल्लो अंकमा हामीले डिम्याट खाता के हो? भन्ने विषयमा चर्चा गरेका थियौँ। यस अंकमा हामी डिम्याट खाता खोल्नुका फाइदा के के हुन्? कसरी खोल्न सकिन्छ? भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।

हामी सबैलाई थाहा भइसकेको कुरा हो कि धितोपत्रमा लगानी गर्नका लागि डिम्याट खाता अति आवश्यक छ। डिम्याट खाता विना धितोपत्रमा लगानी गर्न सकिँदैन।

डिम्याट खाताका फाइदा के के हुन्?

डिम्याट खाताका धेरै फाइदाहरु छन्।

१. सुरक्षित र सुविधाजनक

भौतिक शेयरको तुलनामा डिम्याट खातामा तपाई शेयर सुरक्षित रहन्छ। तपाई त्यसलाई सजिलै आफ्नो ब्रोकरको माध्यमबाट एक्सेस गर्न सक्नुहुन्छ। डिम्याट खाताले तपाईको शेयरको लकरको कार्य गर्दछ।

२. सजिलो ट्रान्सफर

डिम्याट खाताको प्रयोग गरी तपाई आफुसँग भएको शेयर सजिलै कोही दोस्रो व्यक्तिलाई ट्रान्सफर गर्न सक्नुहुन्छ। शेयर ट्रान्सफर गर्नका लागि तपाईलाई इडिआईएस गर्नुपर्ने हुन्छ।

३. सजिलो पहुँच

तपाई आफ्नो इन्टरनेटको प्रयोग गरी सजिलै कुनै पनि समयमा कुनै पनि स्थानमा डिम्याट खाताको पहुँच प्राप्त गर्न सक्नुहुन्छ। तपाई आफ्नो डिम्याट खाता आफ्नो मोबाइल फोन, ट्याबलेट या कम्प्यूटरको सहायताले प्रयोग गर्न सक्नुहुन्छ। यी डिभाइसहरुद्वारा तपाई आफ्नो पोर्टफोलियोको निरिक्षण गर्न सक्नुहुन्छ।

४. पेपरलेस

डिम्याट खाताको अधिकांश कार्य पेपरलेस हुन्छ अर्थात कागजको प्रयोग हुँदैन। डिम्याट खाताको माध्यमबाट तपाई पेपरलेस शेयर खरिद एवं बिक्री गर्न सक्नुहुन्छ। कम्पनीहरुले वितरण गर्ने लाभांश पनि इलेक्ट्रोनिक माध्यमबाट नै सिधै तपाईको बैंक खातामा जम्मा हुन्छ।

५. लोनको सुविधा

डिम्याट खातामा भएको धितोपत्रबापत तपाईले बैंकबाट लोन लिन सक्नुहुन्छ। डिम्याट खातामा भएको शेयरलाई धितोमा राखेर बैंकबाट लोन लिन सक्नुहुन्छ।

कसरी खोल्ने डिम्याट खाता?

तपाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त निक्षेप सदस्य बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरु कहाँ गई डिम्याट खाता खोल्न सक्नुहुन्छ। सिडिएससीमा डिम्याट खाता खोल्ने प्रक्रिया लगभग बैंक खाता खोल्ने जस्तै छ।

  • सर्वप्रथम, तपाईले नागरिकताको फोटोकपी, फोटो र तीनपुस्ते विवरणसहित निक्षेप सदस्यमा जानु पर्दछ।
  • त्यसपछि तपाईले दिनुभएको सबै जानकारी निक्षेप सदस्यले सिटिएससीको प्रणालीमा प्रविष्ट गर्नेछ।
  • निक्षेप सदस्यले प्रविष्ट गरेको जनकारी सिडिएससीले प्रमाणित गर्दछ र तपाईलाई भोरिफिकेसन लेटर प्रदान गर्दछ।
  • प्रमाणिकरणपश्चात सिडिएससीले तपाईको नाममा डिम्याट खाता खोल्दछ।
  • खाता खोलिसकेपछि निक्षेप सदस्यले १६ अंकको डिम्याट नम्बर उपलब्ध गराउँछ।
  • त्यसपछि तपाईले खरिद गर्नुभएको तथा तपाईसँगै भएको शेयर सो खातामा जम्मा हुनेछ।



राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।