शेयर शिक्षाः अनलाईन कारोबार गर्न कसरी लिने युजरनेम र पासवर्ड?

Mar 19, 2020 06:33 PM Merolagani



सरकारले बुधबार २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको छ। यससँगै नेपाली धितोपत्र बजार प्रभावित भएको छ। केही लगानीकर्ताहरु केही समयका लागी बजार बन्द गर्न माग गर्दै नियामक निकाय पुगेको छन्।

लगानीकर्ताहरुको मागलाई सकारात्मक रुपमा लिएपनि सरकार र नियामक निकाय पूर्ण रुपमा बजार बन्द गर्ने मनस्थितिमा भने देखिएको छैन। बजार खुला रहँदा ब्रोकर कार्यालय नगई कारोबार गर्न अनलाईन प्रणाली उपयुक्त विकल्प हुन्छ।

अहिले दोस्रो बजारमा दैनिक ६० प्रतिशत लगानीकर्ताहरुले नेप्सेको अनलाईन प्रणाली मार्फत कारोबार गरिरहेको नेप्सेले बताएको छ। बाँकी ४० प्रतिशत लगानीकर्ताहरु अझै पनि ब्रोकर कार्यालय गई कारोबार गरिरहेका छन्। अब ती लगानीकर्ताहरुले पनि अनलाईन प्रणाली प्रयोग गरि कारोबार गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ। अनलाईन प्रणाली प्रयोग गर्न लगानीकर्ताले युजरनेम र पासवर्डको आवश्यकता पर्दछ।

  • कसरी लिने युजरनेम र पासवर्ड?

अनलाइन कारोबार गर्न यूजर नेम र पासवर्ड लिनका लागि ब्रोकर कार्यालयमा गएर अनलाइन खाता खोल्नुपर्छ। युजर नेम र पासवर्ड लिनका लागि आधिकारीक परिचय पत्र सहित ब्रोकर कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

यूजर नेम र पासवर्ड लिने व्यक्ति र ब्रोकर कार्यालय बिच एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्दछ। सम्झौता पत्रमा हस्ताक्षर भइसकेपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरण (केवाईसी) फारम भर्नुपर्छ।

जसका लागि लगानीकर्ताको हितग्राही खाता नम्बर, बैंक खाता नम्बर, इमेल र फोन नम्बर सहितको विवरण फारम ब्रोकर कार्यालयमा बुझाउनु पर्दछ।

त्यसपश्चात, ब्रोकरले लगानीकर्ताको युजरनेम र पासवर्ड नेप्सेको सिस्टममा कनेक्ट गर्नेछ। सिस्टममा कनेक्ट भएपछि नेप्सेले युजरनेम र पासवर्ड सहित युनिक क्लाइन्ट कोड लगानीकर्ताको इमेलमा पठाउँछ।

युजरनेम र पासवर्ड पाइसकेपछि आफू अनुकुल पासवर्ड परिवर्तन गरी दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सकिनेछ।

अनलाईन प्रणालीको सुविधा लिएका लगानीकर्ताले इन्टरनेटको सुबिधा भएको स्थानबाट मोबाईल तथा कम्प्यूटर मार्फत शेयर खरिद बिक्री गर्न सक्नेछन्।

लगानीकर्ताले यसरी शेयर कारोबार गर्दा शेयर बिक्रेताको हितग्राही खातामा बिक्री हुदै गरेको शेयर अनिवार्य हुनै पर्ने हुन्छ भने खरिदकर्ताको बैंक खातामा आवश्यक रकम हुनु जरुरी हुन्छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।