एनआरएन लघुवित्तसँग गाभिने प्रस्ताव पारित गर्न किसानले डाक्यो विशेष साधारण सभा

Mar 03, 2020 08:21 AM Merolagani



किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (KMFL) ले एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। लघुवित्तले चैत ६ गते होटल शान्ति लम्कीचुहा, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले एनआरएन लघुवित्तसँग गाभिने, शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, प्राप्ती सम्बन्धमा गठित कमिटि, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिमा यस संस्थाको प्रतिनिधित्व लगायत समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने र प्रक्रिया पूरा भएपश्चात रहने संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र र सञ्चालक सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

एनआरएन लघुवित्तले दिव्य लघुवित्त वित्तीय संस्थालाई पनि गाभ्नेछ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।