मिर्मिरेले स्वेडालाई एक्वायर गर्ने, विशेष साधारण सभाबाट अन्तिम स्वीकृती दिँदै

Mar 10, 2020 09:10 AM Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ। यी दुबै लघुवित्तहरुले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्ने भएका छन्।

यी दुबै लघुवित्तले चैत १७ गते विशेष साधारण सभा डाकेका छन्।

दुबै लघुवित्तले आ–आफ्नै केन्द्रिय कार्यालयमा दिनको साढे १ बजे डाकेका छन्।

सभामा मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने, शेयर स्वाप रेशियो पारित गर्ने, संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न शेयर जारी गर्ने तथा सोपश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।

प्राप्ति पश्चात यी दुई कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ। प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ। हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।