नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 16, 2020 10:46 AM Merolagani



नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) को लाभांश सुरक्षित गर्ने आज (चैत ३ गते) अन्तिम दिन हो। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गतेदेखि बुकक्लोज गर्नेछ।

यस अनुसार आज (चैत ३ गते) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २१ गते, एयरपोर्ट होटल, सिनामङ्गलमा साधारण सभा डाकेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेको छ। ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।