नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 16, 2020 10:46 AM Merolagani



नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) को लाभांश सुरक्षित गर्ने आज (चैत ३ गते) अन्तिम दिन हो। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गतेदेखि बुकक्लोज गर्नेछ।

यस अनुसार आज (चैत ३ गते) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २१ गते, एयरपोर्ट होटल, सिनामङ्गलमा साधारण सभा डाकेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेको छ। ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।