सिटिजन्सले स्थगित गर्यो विशेष साधारण सभा

Mar 22, 2020 08:59 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले विशेष साधारण सभा स्थगित गरेको छ। चैत ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३३० औँ बैठकले सो निर्णय गरेको हो।

हाल विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को जोखिम र सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाइएकोले विशेष साधारण सभा स्थगित गरिएको बैंकले बताएको छ। बैंकले यस अघि चैत १० गते विशेष साधारण सभा आह्वान गरेको थियो। बैंकले अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।

सभामा सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।