सिटिजन्सले स्थगित गर्यो विशेष साधारण सभा

Mar 22, 2020 08:59 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले विशेष साधारण सभा स्थगित गरेको छ। चैत ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३३० औँ बैठकले सो निर्णय गरेको हो।

हाल विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को जोखिम र सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाइएकोले विशेष साधारण सभा स्थगित गरिएको बैंकले बताएको छ। बैंकले यस अघि चैत १० गते विशेष साधारण सभा आह्वान गरेको थियो। बैंकले अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।

सभामा सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव रहेको छ।