एक्विजिशनलाई अन्तिम रुप दिन एनएमबि र कञ्चनले बोलाए विशेष साधारण सभा

Jun 19, 2020 12:00 PM Merolagani

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिन दुई बैंकहरुले विशेष साधारण सभा बोलाएका छन्। एनएमबि (NMB) ले असार २१ गते आइतबार, कृष्णटावर, नयाँ बानेश्वरमा विषेश साधारण सभा बोलाएको हो।

 सभाले कञ्चनलाई एनएमबिले १०० बराबर ८५ कित्ता शेयर स्वाप अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि एनएमबि बैंककाे चुक्ता पूँजी वृद्धि हुने हुँदा साेही अनुसार प्रबन्धपत्रमा संशाेधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि बैंकले असार १२ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ।

त्यसैगरी, कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले पनि सोही दिन साधारणसभा बोलाएको छ। बैंकले होटल ओपरा प्राली, महेन्द्रनगर, कञ्चनपुरमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

त्यस्तै, सभाबाट गाभ्ने तथा गाभिने प्रकृयाकाे लागि गर्नुपर्ने सम्पुर्ण कार्यकाे लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएकाे छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।