विशेष साधारण सभा मार्फत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दै एनएलजी

Jul 13, 2023 09:58 AM Merolagani



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले साउन १५ गते, सोमबार, आम्रपाली व्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहानको साढे १० बजे शुरु हुनेछ।

सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ ५० पैसाको १० बराबर ६.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन ८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।