कालिका पावरले बोलायो विशेष साधारण सभा

Sep 15, 2023 09:22 AM Merolagani



कालिका पावर कम्पनी लिमिटेड (KPCL) ले असोज १३ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा विशेष साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।