हकप्रद निष्काशन प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

Sep 17, 2023 12:36 PM Merolagani



नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले असोज १९ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्सालमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।