लकडाउनका बाबजुत नाफा बढाउन सफल स्पर्स लघुवित्त

Aug 06, 2020 05:16 AM Merolagani



स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड (SPARS) ले गत आर्थिक वर्षकाे चाैथाे त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेकाे छ। विवरण अनुसार लघुवित्तले तीन महिनाकाे लकडाउन बाबजुत खुद नाफा बढाउन सफल भएकाे देखिन्छ।

लघुवित्तले गत आर्थिक वर्षकाे चाैथाे त्रैमाससम्ममा २ कराेड ८८लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ। याे अघिल्लाे आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १ कराेड ३० लाख रूपैयाँ बढी हाे। अघिल्लाे आर्थिक वर्षकाे साेही अवधिसम्ममा लघुवित्तले १ कराेड ५६ लाख रूपैयाँ खुद नाफा कमाएकाे थियाे।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तकाे खुद नाफा बढ्न पुगेकाे हाे। 

समीक्षा अवधिमा लघुवित्तकाे खुद ब्याज आम्दानी ३ कराेड १० लाख रूपैयाँ बढेर ७कराेड ५२ लाख रूपैयाँ पुगेकाे छ भने सञ्चालन मुनाफा १ कराेड ६० लाख रूपैयाँ बढेर ३ कराेड ८९ लाख रूपैयाँ पुगेकाे छ। 

लघुवित्तकाे वार्षिक प्रतिशेयर आम्दानी ३० रूपैयाँ ७४ पैसा रहेकाे छ भने मूल्य आम्दानी अनुपात २९.७७ गुणा कायम भएकाे छ। 

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।