सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा घट्यो महुली लघुवित्तको खुद नाफा

Aug 12, 2020 05:34 AM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ६० प्रतिशत घटेको छ।

 गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा खुद नाफा घट्न दबाब पुगेको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.८८ प्रतिशतबाट बढेर २.०६ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्थाबापत १ करोड ९ लाख रुपैयाँमात्र छुट्याएको थियो।

असार मसान्तसम्ममा १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सापटी र १ अर्ब ८ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३४ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यस लघुवित्तले सो अवधिसम्ममा १७ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ९४ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले ९७ करोड १३ लाख सापटी र ८८ करोड ३४ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने २ करोड ७७ लाख रुपैयाँ घटेर ३ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ४० लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्ष लघुवित्तको यस्तो कोषमा १७ करोड ३६ लाख रुपैयाँ थियो। लघुवित्तको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा १६ रुपैयाँ ४१ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ १७ पैसा रहेको थियो। लघुवित्तको मूल्य आम्दानी अनुपात ५४.५४ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ९५९ रुपैयाँ ५० पैसा कायम भएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।