ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश

Aug 26, 2020 07:25 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित एक पुस्तकको सारांश प्रस्तुत गर्ने क्रममा आज हामी जन ह्यान्सनद्वारा लिखित ‘गुड डेब्ट, ब्याड डेब्ट’ पुस्तकको सारांश लिएर उपस्थित भएका छौँ।

यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको पहिलो भागः

डेब्ट अर्थात ऋणले तपाईलाई काम दिइरहन्छ। डेब्टले तपाईको पैसा मात्र नभई त्योभन्दा बढी लिन्छ। डेब्टको आघातपूर्ण प्रयोग एक चरित्र समस्या हो।

परिचयः तपाई डेब्ट प्रयोग गरिरहनु भएको छ कि डेब्टले तपाईलाई प्रयोग गरिरहेको छ?

उपभोगको लागि ऋण लिनु ब्याड डेब्ट हो, किनकि तपाईले लिनु भएको ऋण सकिएर जान्छ। डेब्ट जसले तपाईको क्यासफ्लोलाई सुरक्षित रुपमा स्थापित गर्न सक्षम बनाउँछ अथवा यसको लागतभन्दा बढी प्रतिफल दिन्छ भने त्यसलाई गुड डेब्ट भनिन्छ।

तपाईको बर्न रेटले तपाईको भाग्य नियन्त्रण गर्छ भने खर्चले तपाईको अन्त्य निर्धारण गर्दछ।

कुनै ऋण अथवा खर्च जसले तपाईको मासिक आम्दानीको १० वा १५ प्रतिशत हिस्सा ओगट्छ भने त्यो सबैभन्दा नराम्रो ऋण हो। यसले तपाईलाई तपाईको भविष्यका लागि बचत तथा लगानी गर्नबाट रोक्छ। तपाईलाई ऋण र उपभोक्ता खर्चको नराम्रो लत लागेपछि कहिल्यै पनि वित्तीय स्वतन्त्रता प्राप्त गर्न सक्नुहुन्न। धन सञ्चयबाट आउँछ, जुन खपतको ठिक विपरित हो।

गुड डेब्ट एक नतिजा हो न कि एक प्रकारको डेब्ट (ऋण)। क्लासिक गुड डेब्टको प्रयोग रियल स्टेट, शिक्षा वा व्यवसाय जस्ता क्षेत्रहरुमा गरिन्छ जुन अन्य उपभोग्य क्षेत्रमा प्रयोग गर्नुभन्दा धेरै राम्रो हो। यद्यपि, धेरै जसो यस्ता तथाकथित गुड डेब्ट वर्गका लागि ऋण लिएर डुबेका छन्। धेरै राम्रा कुराहरु पनि नराम्रो चीज हुनसक्छ। उपलब्ध क्रेडिट एक शक्तिशाली ह्याडगन जस्तै हो। प्रशिक्षित तथा सक्षम मानिसको हातमा पर्यो भने यसले सुरक्षा प्रदान गर्दछ, ताट पल्टिने सम्भावना कम हुन्छ। अप्रशिक्षत र असक्षम मानिसको हातमा पर्यो भने त्यो गनले प्रयोगकर्तालाई मृत्युको मुखसम्म पुर्याउनसक्छ।

व्यवस्थापन गर्नु उपाय होइन। यो भनेको रिटारमेन्टपश्चात एक निश्चित स्थान अथवा तहका लागि योजना बनाउन बुद्धिमानीपूर्वक ऋण प्रयोग गर्नु र जीवन अघि बढेसँगै निरन्तर शिक्षा लिँदै जाने एक प्रक्रिया हो।

गुड डेब्ट के हो?

गुड डेब्टको बुद्धिमानीपूर्व उपयोग गरियो भने यसले तपाईको नेटवर्थ बढाउँछ। गुड डेब्टले तपाईलाई पैसा कमाउन सहयोग गर्छ, गुड डेब्टको प्रयोगले तपाईको करेन्ट अर्निङ्ग, नेटवर्थ तथा अनुमानित कमाई क्षमता थप्न सहयोग गर्छ। अर्कोतर्फ ब्याड डेब्टले तपाईको नेटवर्थ घटाउँछ। ब्याड डेब्टले तपाईको पैसाको बिना कुनै प्रतिफल सकाइदिन्छ। ब्याड डेब्टमा गरिने भुक्तानीले क्यासफ्लो घटाउँछ। तुलनाः

गुड डेब्ट

  • आम्दानी बढाउँछ
  • नेटवर्थ तथा क्यासफ्लो बढाउँछ
  • नगद वा नेटवर्थमा परिवर्तन गर्न सकिने डिस्काउण्टलाई सुरक्षित गर्दछ।
  • सुरक्षाको एक मजबुत मार्जिनका साथै एक लाभदायी स्थिति सिर्जना गर्दछ।
  • उदाहरणः एक सुरक्षित स्तरमा अचल सम्पत्तीका लागि ऋण, शिक्षाका लागि ऋण जुन बजारमा बिक्री गर्न सकियोस्, एक व्यवसायको लागि ऋण जसलाई तपाई सञ्चालित गर्न सक्षम हुनुहुन्छ।

ब्याड डेब्ट

  • सामान्यतया उपभोग यो तीव्र मूल्यह्रास हुने सामानको लागि लिइने ऋण
  • तपाईको नेटवर्थ र क्यासफ्लो घटाउँछ
  • भविष्यको आम्दानी पनि सोस्छ
  • उदाहरणः कार लोन जसले तपाईको रिटायरमेन्ट फण्ड खोस्छ, निरन्तर क्रेडिट कार्ड डेब्ट

ऋणले चरित्र देखाउँछ

चरित्र त्यस्ता गुण अथवा विशेषताहरुको संयोजन हो जसले तपाईलाई अरुभन्दा भिन्न बनाउँछ। राम्रो व्यक्तिगत वित्त बानीको चरित्र लक्षण विकसित गर्नुहोस्।

प्रस्ताव गरिएको अवस्थामा रहेको भावना नरहेपनि एक सार्थक उद्देश्य पछ्याउने क्षमता नै चरित्र हो। ऋण एक हतियार बन्द जसलाई हामी अन्जानमौ आफु विरुद्ध प्रयोग गर्छौँ।

'द मिलिनायर नेक्स्ट डोर'मा थोमस स्टन्ले र विलियम डान्कोले एक औषत स्वयम् निर्मित मिलिनायरले आफ्नो डिस्पोजेबल इन्कमको १५ देखि २० प्रतिशत लगानी अथवा बचत गर्दछ भन्ने कुरा पत्ता लगाएका थिए।

विगत तबसम्म विगत हुन्छ जबसम्म तपाई यसको लागि ऋणी हुनुहुन्न। अधिकांश व्यक्तिहरुले आर्थिक स्वतन्त्रताको यात्रा शुरु गर्न सक्दैनन् किनभने उनीहरु ऋणले थिचिएका हुन्छन्। अन्योल सोंचका कारण अनावश्यक खर्च हुन्छ।

अर्थशास्त्रीहरुले न्यूयोर्क युनिभर्सिटीमा गरेको एक अध्ययनले योजना निर्माणको धनसम्पत्ती संकलनसँग एक आपसमा जोडिएका छन् भन्ने कुरा पत्ता लगाएको मनि म्यागेजिनले लेखेको छ। जब प्रशिक्षित बानीहरुको माध्यमबाट परिचालित हुन्छ त्यसले कुनैपनि आकारको आम्दानीबाट धन सिर्जना गर्दछ। पैसाले तपाईलाई पहिलोको अवस्थाबाट उकास्छ।

जीवनमा कुनै पनि कुराले तत्काल परिणाम दिँदैन। तपाईले आज जे गर्नुहुन्छ त्यसको परिणाम तत्काल नहुनसक्छ तर जीवनको अन्य कालमा त्यसले एकदमै ठूलो प्रभाव पार्न सक्छ।

रेडी?

तपाईले वित्तीय सफलताको लागि गर्नुपर्ने कार्यहरु यहाँ दिइएको छः

  • डेब्टको असर बुझ्नुहोस्– डेब्टले तपाईको पैसा मात्र होइन, त्योभन्दा बढी लान्छ
  • भावनालाई व्यवस्थापन गर्नुहोस्–मिडिया प्रभावबाट टाढा रहुनहोस्
  • योजना अनुसार काम गर्नुहोस्–बर्न रेट मोनिटर गर्नुहोस्
  • सन्तुष्ट हुन ढिला गर्नुहोस्–खर्चलाई ट्रयाक र तालिकिकरण गर्नुहोस्
  • भविष्यको लागि बचत वा लगानी गर्नुहोस्–तपाई बाँच्न भयो भने के गर्नुहुन्छ?

अध्याय १ः डेब्ट इफेक्टः डेब्टको अदृश्य हात

खर्च गर्ने संस्कृति आफ्नो भण्डार भर्नका लागि व्यापारीहरुले सिर्जना गरेको हो। उपभोक्ता ऋणद्वारा फाइनान्स्ड भागमा ६० प्रतिशतभन्दा बढी अर्थव्यवस्था उपभोक्ता व्ययमा आधारित भएको बताइएको छ। जसले पैसा संकलन गर्छ या भनौँ पैसा कमाउँछ उनीहरुका लागि यो खर्च गर्ने संस्कृति उपहार हो। खर्च गर्नेहरुका लागि यो गुलामी हो।

भविष्यका लागि उद्देश्यपूर्ण योजना बनाउने नैतिक र बौद्धिक क्षमता सबैमा हुँदैन। तर, जसले योजना बनाउँछ र त्यसलाई अनुशरण गर्छ उसैले सफलता पाउँछ। जो मानिस सँधै ‘चाहना’ को अवस्थामा रहन्छ ऊ आफ्नै आकांक्षाको दास बन्दछ। धेरै मानिसहरु ऋणको भारी बोक्दै, आज कमाएको मात्र नभई आजको आकांक्षा पुरा गर्न ऋण लिएर भएपनि खर्च गर्दै अघि बढ्छन्। जब हामी केही उत्पादन तथा सेवा प्राप्त गर्नका लागि ऋण लिन्छौँ, तब त्यो वास्तवमा त्यस उत्पादन वा सेवाका लागि भुक्तानी गर्नका लागि नभई भविष्यको आम्दानीमाथिको दाबी हुन्छ। सुरुवातमा ऋणले केही दुःख दिँदैन। तर त्यसको विपरित, ऋणले ऋणीलाई अस्थायी खुसी दिन्छ भन्ने वास्तविकता हरेक ऋणमा लुकेको हुन्छ।

डेब्ट–समान अवसर प्रवर्तक

अनावश्यक कुराका लागि लिइएको ऋणले वास्तविकतालाई विकृत बनाउँछ। यसले खोजका लागि विशाल भावना प्रदान गर्दछ। क्रेडिटले भावनालाई ट्रम्प गणितको अनुमति दिन्छ अर्थात, अहिलेको लागतलाई केही डलर कम गरेर भविष्यमा हाम्रा क्रयशक्ति विस्तार गर्दछ। चाँडै ति भावनाहरु कम हुन्छ र तपाईलाई गणितको वास्तविकतामा छोडिदिन्छ।

ऋणले तपाईको पैसाभन्दा बढी लान्छ

वित्तीय सफलता प्राप्त गर्न हामीलाई केले रोकेको छ? लेखकका मूख्य चार ऋण प्रभावहरु, क्यासफ्लोको नोक्सानी हेर्न सजिलो छ, अन्यले अदृश्य रुपमा काम गर्न सक्छन्। पूँजीले विस्तार र विकासको अवसर खोज्छ, किनभने यो स्वयम् र उपभोक्ता दुबैको लागि राम्रो छ।
डेब्टका चार असरः चार चोरहरु अथवा सञ्चालन हुने अदृश्य हात

डेब्टका चार मूख्य प्रभावहरु

  • स्वतन्त्रताको नोक्सानी
  • क्यासफ्लोमा नोक्सानी
  • समयको नोक्सानी
  • मौकाको नोक्सानी

(क्रमशः)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।