गत साता करिब ११ अंक घटेको बजार यस साता के होला?

Sep 27, 2020 08:14 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ११ अंक ओरालो लाग्यो। अघिल्लो साता उच्च अंकले बढेको नेप्से गत साता करेक्सन भएको विश्लेषकहरु बताउँछन्।

अघिल्लो साताको अन्तिम कारोबार दिन १५७२.१९ विन्दुमा बन्द भएको नेप्से गत साता १०.९१ अंक घटेर १५६१.२७ विन्दुमा झरेको हो। सो साता १६०५.४७ विन्दुसम्म पुगेको नेप्से १५३४.७० विन्दुसम्म झरेको थियो।

यस अनुसार विश्लेषण गर्दा यस साता नेप्से उकालो लागेमा १६०० विन्द वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी नेप्से ओरालो लागेमा १४८० विन्दु वरिपरि टेवा पाउने देखिन्छ।

गत साता सामान्य करेक्सन देखिपनि पछिल्लो समय बजार बुलिस ट्रेण्डमा रहेको जानकारहरु बताउँछन्। गत साताको मैनबत्ती अनुसार बजारमा खरिदचापमाथि बिक्रीचा हाबी भएको देखिएपनि समग्रमा खरिदचाप बढी नै रहेको विश्लेषकहरु बताउँछन्।

नेप्से परिसूचकसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यो अघिल्लो साताको तुलनामा ६.२४ प्रतिशत कम हो। नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम भने २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।


फाइनान्स उपसमूह

गत साता कारोबारमा आएका तीन उपसमूहको परिसूचक मात्र बढेको थियो। सोमध्ये एक फाइनान्स उपसमूह हो। पछिल्लो समयमा फाइनान्स कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। बुलिश ट्रेण्डमा रहेको बजारमा फाइनान्स कम्पनीहरुको शेयरमूल्य सस्तो भएका कारण पनि लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएको जानकारहरु बताउँछन्। गत साता ७५५.२२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता उकालो लागेमा ७८० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ७२० विन्दुमा टेवा पाउने देखिन्छ।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।