ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ७

Oct 07, 2020 07:13 PM Merolagani

गत साता हामीले जन ह्यान्सनद्वारा लिखित ‘गुड डेब्ट, ब्याड डेब्ट’ पुस्तकको सारांशको छैठाैँ भाग प्रस्तुत गरेका थियौँ। आज हामी सोही पुस्तकको साताैँ तथा अन्तिम भाग लिएर उपस्थित भएका छौँ।

यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको साताैँ भागः

अध्याय ८ः के तपाई आफ्नो रिटायरमेन्टलाई तलतिर डो¥याउँदै हुनुहुन्छ?

एक कार खरिदका लागि ऋण लिनु ब्याड डेब्ट हो। यो त्यस्तो चिजको लागि ऋण हो जसको मूल्य घट्छ। यसले मात्र तपाईको पैसा लान्छ। तपाईले कार या ट्रक या एसयूभीको लागि पैसा नै तिर्नु भएको भएपनि त्यसको मूल्यमा ह्रास आउँछ। कारहरु कमोडिटी हुन्। करिब दुई तिहाई अमेरिकीहरुका लागि कारको खर्च उनीहरुको बर्न रेटमा समावेश हुन्छ। जबसम्म तपाई आफ्नो सवारी साधनको लागि पैसा तिर्नु हुन्न, तबसम्म राम्रो सुझाव भनेको खर्च नियन्त्रण गर्नुहोस्।

कार एक उत्कृष्ट कमोडिटी हो, तपाईको बर्न रेटको हिस्सा हो। जब कार नै आफ्नो बर्न रेटको हिस्सा भइसकेपछि, कारको लागि ऋण लिनु ब्याड डेब्ट हुन्छ, परिभाषा अनुसार। यो यस्तो ऋण हो जसले तपाईको भविष्य तपाईबाट खोसिरहेको छ।

हाम्रो रिटारमेन्ट सेभिङ्गमा कम हुनुको कारण हाम्रो खर्च गर्ने व्यवहारसँग सम्बन्ध छ भन्ने कुरा निकै कम व्यक्तिहरु मात्र मान्छन्। जीवनमा केही कुराहरु नयाँ कार जस्तै चाँडै ओइलाएर जान्छन्। केही व्यक्तिहरुको लागि यो नशा जस्तै हुनसक्छ, अर्को पटक खरिद गर्नका लागि धेरै लगानी चाहिने। ‘कम किन्नुहोस र लामो समय चलाउनुहोस्। बाँकी लगानी गर्नुहोस्।’

एक नयाँ कारले अल्पकालिन खुसी ल्याउन सक्ला तर कहिल्यै पनि हर्ष ल्याउन सक्दैन, जुन लेखकले पूर्ण सन्तुष्टिको रुपमा परिभाषित गरेका छन्। यो राम्रो स्टेवार्डसिप हो, यसले तपाईको आम्दानीको फाइदा बढाउँदैछ। हामीले बिक्री गर्दा मात्रै ह्रासकट्टीले प्रभाव पार्छ। सामान्यतया जब हामी लागतलाई वास्तविक नगद खर्चमा रुपान्तरण गर्दैनौँ, हामीमध्ये धेरैले अधिक खर्च गर्छौँ। नयाँ कारसँगै आफुलाई भावनात्मक रुपमा बग्न अनुमति नदिनुहोस्। हरेक दुई वर्षमा आफ्नो कार परिवर्तन गर्नुभन्दा पनि आफ्नो नेटवर्थ बढाउने निर्णय लिनुहोस्।

अध्याय ९ः के मसँग रेकर्ड छ? मेरो पल्स बढ्न थाल्यो

नराम्रो रेकर्ड किपिङ्गले तपाईको खर्च बढाउँछ। यो एक अपरिवर्तनीय तथ्य हो।

नेपोलियन हिलले सन् १९२८ मा आफ्नो असफलताको बारे लेखिएको पुस्तकमा भनेका छन्, ‘हारले प्रायः हामीसँग मौन भाषामा कुरा गरिरहेको हुन्छ जुन हामी बुझ्न सक्दैनौँ। यदि यो सत्य नभएको भए हामीले उनीहरुले सिकाउन पाठहरुबाट बिना कुनै फाइदा बारम्बार उस्तै गल्ती गर्दैनथ्यौँ। यदि यो असत्य भएको भए, हामी अन्य व्यक्तिहरुको गल्तीहरुलाई नजिकबाट हेथ्र्यौँ र त्यसबाट फाइदा लिन्थ्यौँ। सटीक रेकर्ड किपिङ्गले तपाईको रचनात्मक क्षमता बढाउँछ, घटाउदैन।

म जान्न चाहन्न

सायद तपाई त्यस्ता व्यक्तिहरुको वर्गमा पर्नुहुन्छ जसले आफु आर्थिक रुपमा कहाँ छु भन्ने थाहा हुँदैन। यति तपाईको आर्थिक हड्डीमा क्यान्सर छ भने यो थाहा पाउनु राम्रो नहोल? सबैभन्दा पहिला तपाई केही यस्ता कुरा पत्ता लगाउनुहोस्, छुटको लागि उत्तम मौक वा पूर्ण रिकभरी हो। हामीमध्ये अधिकांशलाई प्रत्यारोपणको जरुरत छ, आर्थिक म्यारोको होइन, आर्थिक सोचको।

अस्वीकार गर्नु अस्वास्थ्यकर मात्र होइन, यो आर्थिक रुपमा विनाशकारी पनि हुनसक्छ। वित्तीय रुपमा आफु कता छौ पत्ता लगाउनुपर्छ। यदि तपाई वर्षमा ४८ हजार कमाउनुहुन्छ र ५ हजार लगानी गर्नु हुन्छ भने तपाई त्यो डाक्टरभन्दा धेरै राम्रो हुनुहुन्छ जो वर्षमा २ लाख ७३ हजार कमाउछन् तर बचत तथा लगानी गर्दैनन्। तपाई कति कमाउनु हुन्छ, त्यो सरोकारको विषय होइन। तपाई कमाएको पैसाले कति बुद्धिमानी काम गर्नुहुन्छ त्यो सरोकारको विषय हो। सम्पत्ती आम्दानीको बारेमा होइन, यो लगानी र बचतको विषय हो। कुनै राम्रो रेकर्ड बिना तपाई एक आधारहिन उडान भरिरहनु भएको हुन्छ।

बजेट

बजेटबाट शुरु नगर्नुहोस्। तपाईले गरिरहनु भएको खर्चको वास्तविक गणनाबाट शुरु गर्नुहोस्। सम्भावित खर्चको लागि बजेटको आवश्यकता पर्ला तर तपाईको इच्छा र चाहनाले तपाईको खर्चलाई सीमामा राख्छ। तपाईलाई आफ्नो खर्च थाहा छः घरभाडा या ऋण, सवारीसाधन, बिमा आदि इत्यादि। समस्या सानातिना खर्चहरुबाट जाने रकम हो। यसलाई प्रतिमहिना ३०० देखि ६०० या १००० डलरभन्दा कम, तुच्छ चीजहरुको माध्यमबाट हेर्न सकिन्छ। पूर्ववर्ती संख्या केवल १० देखि ३४ डलर प्रतिदिनमा आधारित हुन्छ। चाहे त्यो नगद होस् या शुल्क, यदि तपाई रिटायरमेन्ट या विशेष कामको पैसा खोज्दै हुनुहुन्छ भने यो बढ्न सक्छ।

सानो कदम तर ठूलो फरक पार्ने कारकः पैसा जुन तपाई केवल खर्च गर्नुहुन्छ तर त्यसको बारेमा खासै सोच्नुहुन्न। यसले तपाईको भाग्य बढाउन सहयोग गर्न सक्छ।

तपाईसँग एकपटक केही महिनाको खर्च विवरण आफ्नो रेकर्ड सिस्टममा भयो भने, तपाईको बजेट आफै निस्कन्छ। यो बजेट राम्रो नहुन सक्छ, तर यो नै वास्तविक बजेट हुन्छ, तपाईको सोचमा भएको जस्तो बजेट होइन। वास्तविक खर्चका आधारमा काम गर्नु, आफुले सोचेको खर्चमा काम गर्नुभन्दा कम दिक्दारी हुन्छ। कुनै एक सिस्टम प्रयोग गर्नुहोस्। भनिन्छ सिस्टम ‘सेभ योरसेल्फ टाइम, इनर्जी एण्ड मनी’ को परिवर्णी शब्द (छोटो शब्द) हो।

सबैसँग सिस्टम हुनुपर्छ। तपाइको सिस्टम चाहे जुनसुकै होस्, सुनिश्चित गर्नुहोस् कि यसले तपाईको पछाडी हुने हरेक खर्चलाई समात्न सकोस्। टेबुलेशनले स्पेकुलेशनलाई पैसा कहाँ गयो भन्ने सोध्छ। विशुद्ध लेखाङ्कनले तपाईलाई आफ्नो नेटवर्थ र क्यासफ्लो बढाउन र निरीक्षण गर्न मद्दत गर्दछ। तपाई सफल हुने मूख्य इच्छा कुनै पनि बजेट या तपाईले गर्नुभएको लक्ष्यको सूचीभन्दा बढी हुन आउँछ। जब तपाई सफलताले आफुलाई किन, कसरी र के अर्थ दिनेछ भन्ने थाहा पाउनु हुनेछ, त्यो नै तपाइको सबैभन्दा बलियो हतियार हुनेछ। तपाईको ‘किन’, ‘कसरी’ भन्दा ठूलो हुनुपर्छ।

अध्याय १०ः तपाईले कोसँग विवाह गर्नुभयो? गुड डेब्टसँग– सायद

‘विवाहले तपाईको जीवन बनाउन पनि सक्छ बिगार्न पनि सक्छ। यसले तपाईलाई माथि पनि पु¥याउन सक्छ, तल पनि झार्न सक्छ। यसले तपाईको चरित्रको हर चरणको आनन्द दिन सक्छ, या तपाईलाई गम्भीर विफलता तर्फ ढकेल्न सक्छ। यो एक खतरनाक गल्ती हो कि धेरै पुरुष वा महिलाले विवाहित जीवनको समस्याहरुको बारेमा कुनै प्रकारको सहि निर्देशन प्राप्त गर्छन्।’

एक राम्रो विवाहले तपाईको जीवनलाई राम्रो बनाउँछ, गुड डेब्ट जस्तै। नराम्रो विवाह ब्याड डेब्ट जस्तै हो, तपाईलाई दैनिक निराश बनाउँछ। तपाईको वित्तीय विवरण सुधार्न सकेजस्तै तपाईको वैवाहिक ब्यालेन्स सिट पनि सुधार्न सकिन्छ। विवाहमा समय र श्रोत दुबै लागत छ। राम्रो विवाहले एक गतिशील प्रतिफल सिर्जना गर्दछ जहाँ लागतभन्दा धेरै लाभ हुन्छ। राम्रो विवाह भनेको तपाईको सबैभन्दा बढी प्रतिफल पाउने गुड डेब्ट हो। अहिले ५० प्रतिशत वैवाहिक सम्बन्ध डिभोर्समा अन्त्य हुन्छ र बाँकी ५० प्रतिशत मृत्युमा।

तपाईले कोसँग विवाह गर्नुहुन्छ त्यसले तपाईको वित्तीय भविष्यलाई धेरै फरक पार्दछ। वित्तीय समस्याहरु कुनैपनि वैवाहिक सम्बन्धमा कालो बादल हुनसक्छ। एक श्रीमान र एक श्रीमतीले आफ्नो वित्तलाई कसरी सम्हाल्छ, विवाहमा त्यो केवल चरित्रको परीक्षा मात्र होइन, एकदमै व्यवहारिक परीक्षा हो।

विवाह परामर्शदाताहरु भन्छन्, वैवाहिक सम्बन्धमा झगडा हुनुको मुख्य कारण, व्यक्तित्व र दयाको भावनाभन्दा पनि बढी वित्त हो। अक्सर उद्धृत तथ्याङ्कले भन्छ कि ८० प्रतिशत डिभोर्सहरु आर्थिक कठिनाइको प्रत्यक्ष परिणाम हो। तपाईले अहिलेसम्म जानेका ८५ प्रतिशत सन्तुष्टिहरु अरुसँगको सम्बन्धबाट आउँछन् र तपाईको जीवनसाथीसँगको सम्बन्ध त्यसमध्ये प्रमुख हो।

‘असल आमाकी छोरी लैजानु’ १९ औँ शताब्दीको यो सुझाव हामीले वेवास्ता गर्नु हुँदैन। यदि तपाई जहिले पनि सामान्य कार्य गर्नुहुन्छ भने तपाईको जीवन पनि सामान्य नै हुन्छ। जब डेटिङ्ग गर्नुहुन्छ, सोरुममा राखिएका सामानहरुजस्तै सबै राम्रो नै देखिन्छन्। सामान्य बिक्री हुन्छ र सबै राम्रै हुन्छ, जबसम्म वारेन्टी र सेवाको कुरा आउँदैन। र प्राया हामी आउँछौँ कि सेल्स डिपार्टमेन्टले हामीलाई ठूला ठूला वाचा गरे र सर्भिस डिपार्टमेन्टले ति वाचाहरु पुरा गर्न सकेनन्। हामीले सोध्नुपर्छ कि ‘के मैले खरिद गरेको सामानको सेवा म पाउन सक्छु?’ वित्तीय रुपमा स्वस्थ वैवाहिक सम्बन्धले खर्च, लगानी, बचत, सापटी, कर योजना, दान आदि को विषयमा छलफल गर्न उत्साहित गर्छ।

अध्याय ११ः ऋण युद्ध

पहिला बचत गर्ने कि तिर्ने?

एउटा प्रश्न जहिले आउँछ, म बचत गरुँ र ऋण चुक्ता गरौँ? कि पहिला सके जति ऋण तिर्छु र बाँकी भएको बचत गरुँ? लेखक सुझाव दिन्छन् कि पहिला आफ्नो क्रेडिट चार्डलाई चुक्ता गर्नुहोस् र त्यसलाई एक ड्रयरमा राख्नुहोस् र एक्लै छोडिदिनुहोस्।

कमन सेन्स र प्रिन्सिपल रिडक्सन

तपाईको बिलको सूची, सानोदेखि ठूलोसम्म

तपाईको बिलको सानोदेखि ठूलोसम्मको सूची बनाउनुहोस्।

यसमा मुल ऋणमा कमीलाई समावेश हुन्छ र सामान्यतया हुने तपाईको सबै खर्च होइन।

यस्तो अवस्थामा तपाईले पाउन सक्ने सबैभन्दा राम्रो लगानी भनेको आफुले आफैलाई लगाएको उपभोक्ता ऋणलाई चुक्ता गर्नु। अधिकांश मानिसहरुसँग खर्च गर्नका लागि केही विवेकाधीन आम्दानी हुने गर्छ जसको उपयोग ऋणसँग लड्नका लागि गर्न सकिन्छ।

निश्चयपनि उच्च शिक्षाको लागि ऋण एक गुड डेब्ट हुनसक्छ, यदि तपाई आफुले सिकेको कुरालाई बजारमा नाफाका लागि बिक्री गर्न सक्नुहुन्छ भने। विगतलाई चुक्ता गरेपछि तपाई भविष्य बनाउन सक्नुहुन्छ। यो ऋणयुद्धको अवधारणा लेरी (लोवर एक्सपेन्सेस एण्ड रेज इन्कम) को लागि अर्को ट्वीस्ट हो। खर्च घटाउ, आम्दानी बढाउ र बाँकी बचेको पैसाले केही बुद्धिमानीपूर्ण कार्य गर। यदि तपाई साना तिना डलरहरुलाई पनि डलर सेनाको रुपमा लिनुहुन्छ भने ति युद्धमा नपठाएका सेनाहरुले तपाईका लागि काम गर्न सक्छ। यसको विपरित तपाईको डलर सेनाको बच्चा तपाईको लाभका लागि ‘एक विदेशी सेनाको निगरानीमा’ प्रतिफल दिन सक्दैन। यस्तो तब हुन्छ जब तपाईको डलर सेनाको अधिकांश हिस्सा ऋणका लागि बाध्य छ र तपाईको लागि प्रतिफल दिन सक्दैनन्। आफ्नो सैनिकहरु माथिको नियन्त्रणलाई पुनः प्राप्त गर्नका लागि ऋण चुक्ता गरी पुनर्विचार गरेर आफ्नै झण्डा मुनि अगाडि बढ्न लगाउनुस्।

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ६

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ५

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ४

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ३

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग २

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग १

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।