गरिब र मध्यम वर्गियलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारंश भाग १

Oct 14, 2020 06:48 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा यस साता हामीले फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स पुस्तकको सारंश लिएर उपस्थित भएका छौँ। यस पुस्तकलाई रोबर्ट काओसाकीले लेखेका हुन्। शुरु गरौँ पुस्तक सारंशको पहिलो भागः

परिचयः भविष्य झुठो हो

कसरी मेरो पुस्ताले अमेरिकालाई डुबायो? सम्भ्रान्त वर्गले अरुको खर्चमा आफ्नो ख्याल गरेर लोभी भए। सो वर्गले नयाँ व्यवसाय, नयाँ उत्पादन, बढी रोजगारी सिर्जना र अमेरिकी अर्थतन्त्र उकास्नुभन्दा पनि आफैलाई धनी बनाउनमा केन्द्रित भए। उनीहरुले डेरिभेटिभ र क्रेडिट डिफल्ट स्वाप सहितका विदेशी र जोखिमपूर्ण वित्तीय उपकरणहरु निर्माण गरे जसले तत्कालिन नाफालाई उच्च बनायो तर, जसले परिणाम भोग्नेछन् उनीबाट जोखिम अलग गरे। उनीहरुले फेक एसेट्स सिर्जना गरे जसले उनीहरु र उनीहरुका साथीहरुलाई धनी बनायो तर बाँकी सबैलाई जोगी बनायो। जब उनीहरु असफल भए, उनीहरुलाई बोनसहरु दिइयो। आमा, बुबा र उनीहरुका बच्चाहरु सम्भ्रान्तहरुको असफलताको लागि उच्च कर तथा मुद्रास्फितीमार्फत मूल्य चुकाउँछन्।

यस पुस्तकको बारेमा

यस पुस्तक विशेषगरी तीन फेकहरुको बारेमा चर्चा गरिएको छः

१. फेक मनीः फेक मनीसँग धनीलाई अझ धनी बनाउने र गरिब तथा मध्यम वर्गिय परिवारलाई झन् गरिब बनाउने शक्ति छ।

२. फेक टिचर्सः स्कुलहरुले तपाईलाई पैसाको बारेमा के सिकायो? अधिकांश मानिसहरुका लागि यसको जवाफ ‘केही पनि छैन’। अधिकांश टिचर्स महान व्यक्तिहरु हुन्। तर, हाम्रो शैािक्षक व्यवस्था नै ब्रोकन र अप्रचलित छ र वास्तविक विश्वका लागि तयार गर्न असफल छ।

विद्यार्थी ऋण १.२ त्रिलियन डलर नाघिसकेको छ र यो अमेरिकी सरकारको नम्बर १ एसेट हो। अपराधको दुनियाँमा यसलाई एक्टोर्सन (वसुली) भनिन्छ।

एक्टोर्सनको परिभाषा

पैसा या सम्पत्ती लिनका लागि बल प्रयोग गर्नु विशेष गरी कुनै अधिकारी संलग्न भइ गरेको कार्यलाई एक्स्टोर्सन भनिन्छ।

फेक एसेट्सः सर्वप्रथम हामीले सम्पत्ती र दायित्व बीचको फरकलाई बुझ्नु पर्छ।

वित्तीय शिक्षा पाठ

सम्पत्तीले तपाईको खल्तीमा पैसा राख्दछ। दायित्वले तपाईको खल्तीबाट पैसा लान्छ। लेखकको पोर ड्याड भन्थे, ‘ हाम्रो घर नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ती हो।

तर, रिच ड्याड भन्थे, ‘तिम्रो घर सम्पत्ती होइन–यो दायित्व हो।’

लाखौँ मानिसहरु सोच्छन् घर नै सम्पत्ती हो।

आम आर्थिक विनाशका हतियारहरु

वारेन बफेट डेरिभेटिभ्सहरुलाई ‘आम विनाशको वित्तीय हतियार’ भन्छन्। सन् २००८ मा, करिब ७०० त्रिलियन डेरिभेटिभ्सहरुको विस्फोट भएको थियो, जसले विश्व अर्थतन्त्रलाई तल झरेको थियो। रियल स्टेट क्रयास हुनुमा अधिकांशले ‘सब प्राइम रियल स्टेट’ खरिदकर्ताहरुलाई दोष दिए। तर, वास्तविकता, सम्भ्रान्त वर्गहरुले फेक एसेट्सहरु सिर्जना गरिरहेका थिए जसलाई डेरिभेटिभ भनिन्छ। त्यो नै वास्तविक समस्या थियो।

भविष्यलाई कसरी हेर्ने?

फुल्लरले आफ्ना विद्यार्थीहरुलाई सिकाएका थिए, ‘यति तिमीहरु भविष्य हेर्न चाहन्छौँ भने, तिमीले सम्भव भएसम्म ठूलो चित्रबाट हेर्नुपर्छ।’ धनी व्यक्तिहरुसँग धेरै पैसा आइरहेको हुन्छ भने गरिब तथा मध्यम वर्गिय मानिसहरुको धेरै पैसा बाहिरीरहेको हुन्छ। विश्वले अनुभव गरिरहेको वित्तीय उथलपुथल र बुस्टहरु, सम्भ्रान्त वर्गले सिस्टममा पम्प गरेको ट्रिलियनौँ डलर नक्कली पैसाका कारण भएको हो। के उनीहरुले समस्या समाधान गरे? अवस्य पनि गरेनन्। समस्या किन समाधान गर्ने जबकी त्यसैले उनीहरुलाई धनी बनाइरहेको छ। किन परिवर्तन गर्ने? किन केही फरक गर्ने? जीवन राम्रो छ–सम्भ्रान्त वर्गको लागि। सन् २००८ मा करिब ७०० ट्रिलियन डलर बराबरको डेरिभेटिभ थियो, सन् २०१८ मा १.२ क्वाड्रिलियन पुगेको छ।

भाग १ः फेक मनी

सन् १९७१ मा, राष्ट्रपति रिचर्ड निक्सनले अमेरिकी डलरलाई गोल्ड स्ट्याण्डर्डमा पु¥यायो। त्यो बेला अमेरिकी डलर ‘फिएट मनी’ बन्यो, सरकारी पैसा। रिच ड्याड सरकारी पैसालाई ‘फेक मनी’ भन्थे। उनले यो पनि भनेका थिए,‘फेक मनीले धनीलाई अझ धनी बनाउँछ। दूर्भाग्यबस, फेक मनिले गरिब र मध्यम वर्गियलाई गरिब बनाउँछ।’ त्यसैले, रिच ड्याड पोर ड्याडको पहिलो पाठ? धनीहरु फेक मनीको लागि काम गर्दैनन्।

झुठ नम्बर १ः पैसा बचाउनाले धनी भइन्छ।

वास्तविक वित्तीय शिक्षाः आँखाले नदेखेका कुराहरुलाई दिमागले हेर्नुहोस्।

अध्याय १ः फेक मनीः विश्व परिवर्तन हुँदैछ.........

वित्तीय साक्षरता पाठः व्यापार घाटाः व्यापार घाटाको मतलब निर्यातको तुलनामा आयात बढी हुनु हो। लेखकका रिच ड्याडको दर्शन थियो कि गल्तीहरुबाट नै सिक्छन्। उनी प्रायः भन्छन्, ‘किताब पढेर कोही पनि च्याम्पियन गल्फर बन्न सक्दैन। वास्तविक धनी बन्ने कुरामा पनि त्यही लागु हुन्छ।’

फेक भर्सेस रियल

यो पुस्तक फेक मनी, फेक टिचर्स र फेक एसेट्सको बारेमा हो। यो पुस्तक रियल मनी, रियल टिचर्स र रियल एसेट्को बारेमा पनि हो।

फेक मनीः जब राष्ट्रपति निक्सोनले अमेरिकी डलरलाई सुनको उचाइमा पु¥याए, तब अमेरिकी डलरफेक मनी बन्यो।

फेक टिचर्सः विद्यालयमा धेरै टिचर्स फेक टिचर्स थिए। सामान्य रुपमा भन्नु पर्दा उनीहरु जे सिकाए, त्यसको अभ्यास गर्न सकेनन्।


comments powered by Disqus