गत साता नयाँ उचाइमा पुगेको बजार यस साता के होला?

Jan 03, 2021 08:02 AM Merolagani

गत साता नेप्से परिसूचक नयाँ उचाइमा बन्द भयो। साताको अन्तिम कारोबार दिन नेप्से २०८७.२८ विन्दुमा बन्द भएसँगै, नेप्सेले अलटाइम हाइ पोइन्ट बनाएको हो। यसअघि नेप्सेको अलटाइम हाइ २०७१ विन्दु थियो।

नेप्सेले सो दिन नयाँ अलटाइम हाइ क्लोजिङ्ग बनाएपनि इन्ट्रा डेको अलटाइम हाइ रेकर्डलाई भने तोड्न सकेन। सो दिन नेप्से हालसम्मकै इन्ट्रा डे हाइ परीक्षण गरेर फर्किएको देखिन्छ। बिहीबार कारोबार अवधिमा २१११२.९३ विन्दुसम्म पुगेको नेप्से अन्त्यमा ओरालो लागेर २०८७.२८ विन्दुमा बन्द भएको हो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २१६० विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको अन्तिम कारोबार दिनहरुमा नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

नेप्से उकालो लागेपनि गत साता भोल्यूम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। जुन अघिल्लो साताको तुलनामा २१.५५ प्रतिशत कम हो। नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अझै पनि ‘एक्सट्रीम ग्रीड’ जोनमा छ। यसले शेयर कारोबार गर्दा निकै ध्यान दिनुपर्ने संकेत गर्दछ।

व्यापार उपसमूह

गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १६.२१ प्रतिशत बढेको थियो। अघिल्लो साता १९७८.४३ विन्दुमा बन्द भएको यस उपसमूहको सूचक, गत साता ३२०.६७ अंक बढेर २२९९.११ विन्दुमा बन्द भएको थियो।

यस अनुसार गणना गर्दा यस साता व्यापार उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)
(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप विश्लेषण र अध्ययन गर्न जरुरी छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।