गत साता नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्से यस साता के होला?

Jan 10, 2021 08:09 AM Merolagani

गत साता नेप्से १०७.२१ अंक अर्थात ५.१४ प्रतिशत बढेर २१९४.४८ विन्दुमा बन्द भएको थियाे। याे हालसम्मकै उच्च बन्द विन्दु हाे।

साताको पहिलो कारोबार दिन नै नेप्से ८८ अंक बढेपछि त्यसपछिका दुई कारोबार दिनमा सामान्य करेक्सन देखिएको थियो। यद्यपि, साताको अन्तिम दुई कारोबार दिन भने नेप्से बढेर २१९४.४९ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता नेप्से उकालो लागेमा २२८० विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०८० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

बजार उच्च दरमा बढेपनि गत साता भोल्यूमले भने केही साथ नदिएको देखिन्छ। गत साता दैनिक औषतमा ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर खरिबिक्री भएको थियो। यससँगै नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम ५.७३ अर्ब पुगेको छ। यी दुई बीच ५.२७ प्रतिशतको फरक रहेको छ। नेप्सेको वृद्धि दिगो हुनका लागि भोल्यूमले पनि साथ दिएको राम्रो मानिन्छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से करिब १०० स्केलमा पुगिसकेको छ। यो एक्सट्रीम ग्रीड जोन हो। अघिल्लो साता पनि नेप्से सोही जोनमा थियो। यसले आगामी कुनै पनि दिन करेक्सन आउने सम्भावनालाई संकेत गर्दछ। यस्तो अवस्थामा शेयर खरिदबिक्री गर्दा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ।

निर्जीवन बीमा उपसमूह

गत साता अंकका आधारमा निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको थियो। सो उपसमूहको परिसूचक गत साता ६३६.३३ अंक बढेर १० हजार ७६.३७ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १० हजार ५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, परिसूचक ओरालो लागेमा भने ९२५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढेको देखिन्छ। यसले यस उपसमूहमा पनि खरिदचाप बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले अध्ययन गर्न जरुरी छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।