दोस्रो त्रैमासमा बैंकहरुको औषत नाफा १ अर्ब बढी, कुन सूचकमा कुन बैंक अगाडि?

Feb 02, 2021 08:21 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले औषतमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरुले सार्वजानिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकाँश बैंकको नाफा घटेको छ। कोरोनाको असरको कारण ब्याजदर घटेको र तरलता अधिक हुँदा बैंकहरुको नाफामा सँकुचन आएको देखिन्छ।

  • ग्लोबल आइएमईले कमायो सबैभन्दा धेरै नाफा, वितरणयोग्य नाफामा नविल बैंक अगाडि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जनतालाई गाभेपछि अन्य बैंकलाई उछिन्दै सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको हो। यस अवधिमा सिभिल बैंकको नाफा सबैभन्दा कम २० करोड रुपैयाँ छ।

वितरणयोग्य नाफामा भने नविल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले यस अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। सिद्धार्थ बैंकको वितरणयोग्य नाफा भने १३ अर्बले ऋणात्मक रहेको छ।

 

  • खुद ब्याज आदानी र सञ्चालन आम्दानीमा पनि ग्लोबल आइएमई नै अगाडि

पुस मसान्तसम्ममा ग्लोबल आईमई बैंक सबैभन्दा धेरै खुद ब्याज आम्दानी र सञ्चालन नाफा कमाउने बैंक बनेको छ। बैंकले यस अवधिमा ४ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ भने ५ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

त्यस्तै सिभिल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै सबैभन्दा कम क्रमशः ९३ करोड र १ अर्ब २५ करोड छ।

  • वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब माथि, ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्बभन्दा माथि पुगेको छ। यस अवधिमा २७ वाणिज्य बैंकको कुल चुक्ता पुँजी ३ खर्ब १० अर्ब रुपैयाँ पुगेको हो।

वाणिज्य बैंकहमा जनतालाई गाभेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी सबैभन्दा धेरै २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै जगेडा कोषमा नेपाल बैंक सबैभन्दा अग्र स्थानमा रहेको छ। बैंकको जगेडा कोषमा १९ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ। यो वाणिज्य बैंकहरु मध्येकै धेरै हो। त्यस्तै नविल बैंकको पनि जगेडा कोषमा १५ अर्ब रुपैयाँभन्दा धेरै छ।

सेञ्चुरी कमर्शियल बैंकको जगेडा कोषमा सबैभन्दा कम १ अर्ब ७० करोड रुपैयाँ मात्रै छ।

  • कर्जा लगानी झण्डै ३२ खर्ब, निक्षेप र कर्जा दुबैमा एनआईसि एशिया अगाडि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ वाणिज्य बैंकहरुले कुल ३१ खर्ब ८० अर्ब निक्षेप संकलन गरी २९ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

निक्षेप र कर्जा दुबैमा एनआईसी एशिया बैंकले पहिलो स्थान ओगट्न सफल भएको छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

यसैगरी निक्षेप संकलन र कर्जा लगानीको हिसाबले सिभिल बैंक सबैभन्दा पछाडि देखिएको छ। पुस मसान्तसम्मा उसले ७६ अर्ब निक्षेप संकलन गरी ६५ अर्ब कर्जा लगानी गरेको छ।

 

  • प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३८ रुपैयाँ ८४ पैसा रहेको छ भने सिभिल बैंकको सबैभन्दा कम ५ रुपैयाँ ६ पैसा रहेको छ।

त्यसैगरी, प्रतिशेयर नेटवर्थको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंक नै सबैभन्दा अगाडि रहेको देखिएको छ। सेञ्चुरी बैंकको प्रतिशेयर आम्दानी भने सबैभन्दा कम ११८ रुपैयाँ ८७ पैसा रहेको छ।

वितरणयोग्य प्रतिशेयर आम्दानी पनि राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४० रुपैयाँ रहेको छ। त्यस्तै, सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा भने २ रुपैयाँले ऋणात्मक छ।

  • रिटर्न अन इक्वीटि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनआइसि एशिया बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै २१ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै सिभिल बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा कम ३.९१ प्रतिशत छ।

वाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटि औसतमा ११.७७ प्रतिशत रहेको छ।

  • खराब कर्जा

दोस्रो त्रैमाससम्ममा वणिज्य बैंकहरुको खराब कर्जा औषतमा १.६८ प्रतिशत रहेको छ जसमा सरकारी स्वामित्वको खराब कर्जा सबैभन्दा धेरै ४.२३ प्रतिशत र एभरेष्ट र नेपाल एसविआई बैंकको खराब कर्जा ०.१९ प्रतिशत छ।

  • बजार मूल्य र पिई रेशियो

दोस्रो बजारमाा सूचीकृत २६ वटा वाणिज्य बैंकहरुमध्ये नविल बैंकको शेयरमूल्य सबैभन्दा धेरै १११० रुपैयाँ रहेको छ भने सिभिल बैंकको शेयरमूल्य सबैभन्दा कम २२० रुपैयाँ रहेको छ।

त्यसैगरी, हिमालयन बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै ४३.७८ गुणा रहेको छ भने नेपाल बंगलादेश बैंकको सबैभन्दा कम १३.७३ गुणा रहेको छ।

वाणिज्य बैंकहरुको मूल्य आम्दानी अनुपात औषतमा २३.२७ गुणा पुगेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।