गत साता करिब २ प्रतिशत घटेको बजार, यस साता के होला?

Mar 14, 2021 08:21 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको थियो। अघिल्लो साता २५०६.६८ विन्दुमा बन्द भएको नेप्से, गत साता ४८.२० अंक अर्थात १.९२ प्रतिशत घटेर २४५८.४८ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २५६० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४२० विन्दुबाट टेवा पाउने देखिन्छ।

गत साता नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले बजार बिक्रीकर्ताहरु नियन्त्रणमा रहेको संकेत गर्दछ।

अघिल्लो सातादेखि नेप्सेको ५ दिने मुभिङ्ग एभरेज २० दिने मुभिङ्ग एभरेजभन्दा तल छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप हाबी भएको संकेत गर्दछ। नेप्सेको २० दिने मुभिङ्ग एभरेज र ५० दिने मुभिङ्ग एभरेज बीचको दूरी पनि साँघुरिँदै गएको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भइरहेको संकेत गर्दछ।

यस साता बजार प्रतिरोध विन्दुभन्दा माथि बन्द भएमा, त्यो बजारको लागि सकारात्मक हुने र आगामी दिनमा पुनः २६७६ को उच्च विन्दुलाई परीक्षण गर्ने देखिन्छ।

पछिल्लो समय नेप्सेसँगै बजारमा भोल्यूममा पनि कमी आइरहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ। यसको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ३६.३५ प्रतिशत कम हो।

फियर एण्ड ग्रीड मिटरमा नेप्से ८०.७ स्केल अर्थात एक्सट्रीम ग्रीड जोनमा नै छ। यद्यपि, अघिल्लो साताको तुलनामा भने केही झरेको छ।

होटल तथा पर्यटन

गत साता समग्र नेप्से ओरालो लाग्दा पनि होटल तथा पर्यटन उपसमूहको परिसूचकसहित अन्य तीन उपसमूहका परिसूचक उकालो लागेका थिए। अघिल्लो साता २२३४.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १६९.९१ अंक अर्थात ७.६१ प्रतिशत बढेर २४०४.६६ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २४५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०५० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेज बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा
(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।