सिईडिबि हाइड्रोपावरको आईपीओमा आवेदन गर्नु अघि कस्तो कम्पनी हो? हेरौं

Apr 30, 2021 07:40 AM Merolagani

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बैशाख १७ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँमा २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गेरको शेयरमा बैशाख २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे बैशाख ३१ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा हिमालयन क्यापिटल, मेगा क्यापिटल र कुमारी क्यापिटल रहेका छन्।

औसत जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई २०७७ असाेज १९ गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ।

कस्तो कम्पनी हो?

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी साबिकको सिईडिबि हाइड्रो फण्ड लिमिटेड हो । कम्पनी ऐन २०६३ अनुसार २०६६ मंसिर १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका - ११, त्रिपुरेश्वरमा रहेको छ।

जलविद्युत क्षेत्रको विकास, विस्तार र प्रबर्धन गर्नका लागि जलजिद्युत उत्पादन तथा वितरण गर्ने मुख्य उदेश्यले यो कम्पनी स्थापना भएको हो। कम्पनीले १८५ किलोवाटको साङ्गे जलविद्युत ओयाजना र ४.४ मेगावाटको राधि जलविद्युत आयोजना निर्माण भएर विद्युत उत्पादन गरिरहेको छ। यस्तै ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निमाणर्धिन अवस्थामा रहेका छन्।

कम्पनीले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजनामा पनि लगानी तथा प्रवर्धन गरेको छ।

आईपीओ निष्काशन गर्नुको उदेश्य

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको छ। आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी कम्पनीबाट निर्माणका लागि अघि सारेका आयोजनाहरुको विकास लगानी हुनेछ।

कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न पनि पूँजी प्रयोग हुनेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उदेश्यहरु अनुरुपको कार्यहरु गर्न आईपीओ निष्काशन गरेको कम्पनीले जनाएको छ। 

तीन वर्षमा सञ्चित नाफा करिब २२ पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा २३ करोड ८५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७६/७७ सम्म कम्पनी सञ्चित मुनाफा २२ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७७/७८ मा २० करोड ९१ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ७७ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा पुग्ने कम्पनीले प्रक्षेपण छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ९१ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा हुने अनुमान छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र जारी पूँजी ८३ करोड ८४ लाख १० हजार रुपैयाँ रहेको छ।

आईपीओ निष्काशन पछि कम्पनी शेयर स्वामित्व संस्थापक ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ७ को सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

कम्पनीको सञ्चालक हुनको लागि न्युनतम १०० कित्ता साधारण शेयर लिएको हुनपर्ने व्यवस्था छ। तर स्वतन्त्र र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको हकमा भने यो व्यवस्था लागु हुने छैन।

कम्पनी सञ्चालक समितिको अध्यक्ष अनिल कुमार रुङ्गटा रहेका छन्। यस्तै समितिमा रमेश प्रसाद नेपाल, आयुशा श्रेष्ठ, उत्तम भ्लोन लामा र विनय कुमार तोदी रहेका छन्। हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ५ जना मात्रै सदस्यहरु रहेका छन्।

आईपीओ निष्काशन गरेपछि सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन हुनेछन्।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिको लागि भावी योजना तथा रणनीति बनाएको छ। कम्पनीले जलविद्युत क्षेत्रको विकास, विस्तार र प्रर्वधन गर्नको जलविद्युत आयोजनाहरुको सर्वेक्षण, उत्पादन र वितरण गर्ने एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने मुख्य उद्देश्य लिएको छ।

कम्पनीले आईपीओ निष्काशन गरेर प्राप्त भएकाे रकमलाई राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनमा लगानी गर्ने योजना बनाएको छ।

यस्तै कम्पनीको वित्तीय व्यवस्था सुदृढ गर्ने, नयाँ जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमति लिने र विकास गर्ने, विभिन्न वित्तीय श्रोत परिचालन गर्ने रणनीतिक साझेदारको पहिचान गर्ने रणनीति लिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।