नयाँ अलटाइम हाइ बनाएर बन्द भएको नेप्से, यस साता के होला?

Jun 06, 2021 08:25 AM Merolagani

गत साता नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ। अघिल्लो साता २८१५.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४७ प्रतिशत अर्थात ४१.३७ अंक बढेर २८५६.७६ विन्दुमा पुगेको छ।

जुन हालसम्मकै उच्च बन्द विन्दु हो। नेप्सेले सोही दिन नयाँ इन्ट्रा डे हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से २८७६.११ विन्दुसम्म पुगेको थियो।

गत साताको दैनिक चार्ट हेर्ने हो भने नेप्सेले ‘राइजिङ्ग वेजेज’ बनाइरहेको देखिन्छ र अहिले प्रतिरोध क्षेत्रमा पुगेको छ। तर, हालसम्म करेक्सन आउने कुनै संकेत भने देखिएको छैन।

गत साताको बन्द विन्दुबाट विश्लेषण गर्दा यस साता नेप्से उकालो लागेमा २९५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७५० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको मध्यमा साँघुरिएको नेप्सेको ५ दिने र २० दिने इएमए बीचको दूरी, साताको अन्त्यतिर पुनः फराकिलो बन्द गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो बन्दै गएको संकेत गर्दछ।

गत बिहीबारको मैनबत्तीले सुरुवातमा खरिदकर्ता हाबी भएको र अन्त्यतिर भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा १३ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३१.२६ प्रतिशत बढी हो।

व्यापार उपसमूह

गत साता १३ उपसमूहमध्ये ८ उपसमूहका परिसूचक बढेका थिए भने बाँकी ५ उपसमूहका परिसूचक घटेका थिए। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै घटेको थियो। गत साता सो उपसमूहको परिसूचक ५.४६ प्रतिशत घटेको थियो। अघिल्लो साता ४४६९.२९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता २४४.०३ अंक घटेर ४२२५.२६ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४७५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३७५० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी केही साँघुरिएको छ। जसले बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।