गत साताका अन्तिम ३ कारोबार करेक्सन भएको बजार, यस साता के होला?

Jun 20, 2021 08:05 AM Merolagani



गत साता नेप्से परिसूचकले नयाँ अलटाइम हाइ बनाएको थियो। साताको दोस्रो कारोबार दिन नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

सो दिन नेप्से ३०२५.८३ विन्दुमा बन्द भएको थियो। तर, त्यसपछिका ३ कारोबार दिन भने बजारमा निरन्तर करेक्सन भएको थियो। साताको अन्तिम कारोबार दिनसम्ममा नेप्से २९६८.४३ विन्दुमा झरेको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २८०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीच दूरी फराकिलो नै छ। यद्यपि, साताका अन्तिम दुई कारोबार दिनमा दूरी सामान्य साँघुरिएको छ। जसले ती दिनहरुमा बाइङ्ग मोमेन्टम केही घटेको संकेत गर्दछ। यद्यपि, यी दुई बीचको दूरीले बाइङ्ग मोमेन्टम अझै बलियो रहेको देखाउँछ।

यस साता नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। जसले खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

यस साता नेप्सेमा दैनिक औषतमा १६ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ११.३० प्रतिशत बढी हो।

लघुवित्त उपसमूह

गत साता १३ उपसमूहमध्ये ६ उपसमूहका परिसूचक बढेका थिए भने ७ उपसमूहका परिसूचक घटेका थिए। घटेकामध्ये सबैभन्दा कम घटेको उपसमूह हो लघुवित्त उपसमूह।

सो उपसमूहको परिसूचक गत साता ०.११ प्रतिशत घटेको थियो। अघिल्लो साता ५३९४.१५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता ६.११ अंक घटेर ५३८८.०५ विन्दुमा झरेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा ५००० विन्दुमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा ६००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, घट्दै गएको यी दुई बीचको दूरीले छिट्टै बुलिश क्रशओभर बन्ने देखिन्छ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।