गत साता करिब साढे ४ प्रतिशत घटेको बजार, यस साता के होला?

Jun 27, 2021 07:47 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २९६८.४३ विन्दुमा बन्द भएको नेप्से गत साता ४.२३ प्रतिशत अर्थात १२५.४३ अंक घटेर २८४३ विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन ओरालो लागेसँगै नेप्सेले सो अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको छ। यो एक बियरिस क्रशओभर हो। यसले आगामी दिनमा खरिदचाप भन्दा बिक्रीचाप बढी हुने संकेत गर्दछ।

गत साता नेप्सेले बियरिस मारुबोजु मैनबत्ती बनाएको छ। यसले बिक्रीकर्ता बलियो भएको संकेत गर्दछ। त्यसैगरी, आरएसआईमा बुलिश हिडन डाइभर्जन्स बनेको छ तथा बजारको ट्रेण्डले भने खरिद संकेत निश्चित गरेको छैन।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १७ अर्ब २ करोड रुपैयाँ छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४२.३१ प्रतिशत कम हो।

लगानी उपसमूह

गत साता १३ वटै उपसमूहका परिसूचक घटेका थिए। जसमध्ये लगानी उपसमूहको परिसूचक सबैभन्दा कम ०.८५ प्रतिशत मात्र घटेको थियो। अघिल्लो साता ११०.१२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ०.९४ अंक घटेर १०९.१८ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ११५ विन्दु वरिपरि प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा भने १०५ विन्दुमा वरिपरि टेवा पाउने देखिन्छ।

यस साताको अन्तिम कारोबार दिन, यस उपसमूहको ५ दिने र २० दिने इएमए बीचको दूरी साँघुरिएको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम साँघुरिएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।