आफ्नो व्यवसायलाई एमेजन जस्तो बनाउन सिकाउने पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश

Jun 30, 2021 06:56 PM Merolagani

हरेक हप्ता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश लिएर आउने क्रममा विगत केही सातादेखि हामीले स्टिभ एन्डेरसनद्वारा लिखित पुस्तक ‘द बेजोस लेटर्स’ को सारंश प्रस्तुत गर्दै आएका छौँ। आज सोही पुस्तकको सारंशको अर्को भाग लिएर उपस्थित भएका छौँ।

बेजोसले दीर्घकालिन नाफाका लागि अल्पकालिन बलिदानी दिए

व्यवसायमा कठिन निर्णयहरु लिनुपर्ने हुन्छ। उनीहरुले यस्ता रणनीति अपनाउनु पर्ने हुन्छ जसले परिणाम दिन धेरै वर्ष लाग्न सक्छ, तर वालस्ट्रीटले त्यति राम्रोसँग व्यवहार गर्दैन। जब एप्पलले हरेक यूनिटको त्रैमासिक बिक्री रिपोर्ट प्रकाशित गर्ने अभ्यास गर्ने घोषणा गरेको थियो, त्यही दिन त्यसको शेयरमूल्य ६.६ प्रतिशत घटेको थियो। त्यसैगरी, एप्पललाई मान्छ कि म्याक र आईफोनहरुको ९० दिने प्रदर्शन उसको उत्पादन क्षेत्रको अन्तरनिहित शक्तिका लागि एक प्रोक्सी होइन, एमेजन यो ट्रेण्ड कम गर्न तयार छ, दीर्घकालिन ग्राहक निष्ठा र उत्पादन अवसर जसले त्यसपछिका वर्षहरुमा अझ धेरै धेरै नाफा दिन्छ, त्यस्तोमा लगानी गर्न उनले यो वर्षको नाफाको बलि चढाए।

बेजोसले सम्भावित लगानीकर्ताहरुसँग कम्पनीको दर्शन अनुसार स्थिर भइराख्न अनुरोध गरेको छ। बेजोसले भनेका छन्ः

‘हामी हाम्रो आधारभूत व्यवस्थापन र निर्णय लिने दृष्टिकोण तपाईहरुसँग शेयर गर्न चाहन्छौँ ताकि, तपाई, हाम्रा शेयरधनीहरु हाम्रो लगानी दर्शनसँग स्थिर छ भन्ने विश्वास गर्न सकोस।’

बेजोस र एमेजनको प्राथमिक लक्ष्य–वृद्धि

एमेजनको पाङ्ग्राको बीचमा वृद्धि छ। त्यो पाङ्ग्रालाई घुमाउने ६ क्रियाकलापहरुः

  • अधिक चयन र सुविधा
  • ग्राहक अनुभव
  • वेबसाइटमा ट्राफिक
  • बिक्रीकर्ताको संख्या
  • कम लागत संरचना
  • न्यून मूल्य

कम मूल्यले ग्राहकको आवागमन बढाउने देखिएको छ। धेरै मानिसहरु आएमा व्यापार बढ्ने सम्भावना हुन्छ। बढ्दो बिक्रीको भोल्यूमले कमिशन दिने तेस्रोपक्ष बिक्रेतालाई आकर्षित गर्दछ। यसले एमेजनको पूर्ति केन्द्र र आईटी पूर्वाधार जस्ता निश्चित लागतबाट धेरै प्राप्त गर्न सहयोग गर्यो। त्यसपछि अधिक क्षमताले उसलाई अझ मूल्य कम गर्न सक्षम बनायो। यस्तो सकारात्मक प्रतिक्रियाले कम्पनीको वृद्धिलाई अझ तिव्र पार्न टेवा दिएको छ।

स्पष्टता र ड्राइभ रणनीति प्राप्त गर्न एमेजनले फ्लाई व्हील रणनीति प्रयोग गरेको छ।

यसले संस्थाहरुलाई कस्ता जोखिमहरु लिने र कस्ता अवसरलाई लिने जस्ता कुराहरु सिकाउँछ। जब तपाई आफ्ना निर्णयहरुलाई आफ्नो चक्काको माध्यमबाट फिल्टर गर्नुहुन्छ, तब आफ्नो स्रोतलाई ती कुराहरुमा केन्द्रित गर्नुहोस् जसले तपाईको चक्कालाई लक्ष्य तर्फ अघि बढ्न सहयोग गर्दछ। तपाईले मोमेन्टम पाउनुहुनेछ र एमेजनजस्तै वृद्धि गर्नुहुनेछ।

बेजोस छिटो निर्णय लिन्छन्

अहिलेको तिव्र गतिको समयमा, व्यवसायहरुसँग पहिलेजस्तो आरामले सोचेर निर्णय गर्ने समय छैन। कि त कम्पनीहरु निर्णय गर्न नसकेर प्यारालाइज्ड हुन्छ कि त हतारमा ठूलो निर्णय गरेका कारण अनावश्यक जोखिममा पर्छन्।

बेजोस दुई प्रकारका निर्णय गरी यसलाई हल गर्थे

पहिलोः ठूला परिणामहरु सहितको एकतर्फि ढोका जहाँबाट फर्किने कुनै सम्भावना छैन (जस्तै, जागिर छोड्नु, कम्पनी बिक्री गर्नु)

दोस्रोः कम परिणाम सहितको दुईतर्फि ढोका जहाँ केही कुराहरु मिलाउन सकिन्छ (जस्तै, साइड विजनेस शुरु गर्ने, नयाँ प्रडक्ट लन्च गर्ने)

बेजोस मान्दछन् कि अधिकांश असफलता घातक हुँदैनन् र अधिकांश निर्णय अपरिवर्तनीय हुँदैनन्। उनी भन्छन्, ‘हामीलाई सबै जवाफ थाहा छैन, तर यहाँ केही सोचहरु छन्। अधिकांश निर्णयहरु परिवर्तन गर्न सकिने दुई तर्फि हुन्छन्। ती निर्णयहरुको हल्का प्रक्रिया हुन्छन्। त्यसको लागि, तपाई गल्ती भएमा के हुन्छ?’

बेजोस पर्याप्त सूचनापछि मात्र निर्णय गर्थे

अधिकांश निर्णयहरु सम्भवतः तपाईले आफुले चाहेको ७० प्रतिशत सुचना प्राप्त गरिसकेपछि लिनु पर्ने हुन्छ। यदि तपाई ९० प्रतिशतलाई पर्खेर बस्नुभयो भने, अधिकांश अवस्थामा तपाई ढिलो हुनुहुनेछ। त्यसका साथै, तपाई एकैपटकमा नराम्रा निर्णयहरुको छिटो पहिचान गर्ने र त्यसलाई सच्याउनेमा पनि राम्रो हुनुपर्छ। यदि तपाई सच्याउनमा राम्रो हुनुहुन्छ भने, गलत हुने तपाईले सोच्नुभएकोभन्दा कम जोखिमपूर्ण हुनसक्छ, जबकि सुस्त हुनु अवश्य पनि महंगो पर्नसक्छ।

बेजोस सम्झौताभन्दा पनि प्रतिबद्धता चाहन्थे

‘असहमत र प्रतिबद्ध’। यो वाक्यांशले तपाईको धेरै समय बचाउनेछ। अरुको सहमति नभएपनि यदि तपाई कुनै दिशामा दृढ विश्वास राख्नुहुन्छ भने, यसले तपाईलाई सहयोग गर्नेछ, ‘हेर्नुस्, मलाई थाहा थियो हामी यो कुरामा असहमत छौँ, तर के तपाई यसको लागि ममा दाउ लगाउनुहुन्छ? असहमत र प्रतिबद्ध?

महत्वपूर्ण कुरा यहाँ यो छ कि, एमेजनमा लिइने हरेक निर्णयमा सबै सहमत हुनै पर्छ भन्ने छैन। बेजोसलाई सर्वसम्मतिको भोट आवश्यक छैन। त्यसको बदलामा उनी लिइएका निर्णयहरुमा प्रतिबद्धता चाहन्थे। यो एक त्यस्तो दर्शन हो जसलाई उनी आफ्नो संस्कृतिका हरेक हिस्सामा व्यप्त गर्ने प्रयास गर्दछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।