नेशनल लाइफको कूल बीमाशुल्क ३१ प्रतिशतले बढेर १२ अर्ब माथि पुग्याे

Jul 20, 2021 05:06 PM Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ बीमाशुलक आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो ३१ प्रतिशत अर्थात २ अर्ब ८९ करोड ८१ लख रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी नौ अर्ब २६ करोड ७४ लाख रुपैयाँ मात्रै कूल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै पहिलो बीमाशूल्कमा पनि ७० प्रतिशतले बढेर ४ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

ओलीले ‘बौद्ध’पठाएका कुलमानलाई प्रचण्डले प्राधिकरण ल्याउँदै, कुलमानलाई फुलमाला लगाउनु,हितेन्द्रलाई 'नडाम्नु'

Aug 05, 2021 06:33 PM

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध पठाएका कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउने भएका छन् । ओलीले घिसिङको प्राधिकरणमा चार वर्षे कार्यकाल सकिएसँगै उनलाई पुनः नियुक्त नगरी घर ‘बौद्ध’ पठाएका थिए ।