सातामा नेप्से ४ प्रतिशत बढ्दा कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 24, 2021 02:07 PM Merolagani

यस साता नेप्से परिसूचक ४.१९ प्रतिशत बढेको छ। अघिल्लो साता २८८३.३८ विन्दुमा बन्द भएको नेप्से यस साता १२०.९३ अंक बढेर ३००४.३१ विन्दुमा बन्द भएको छ।

यस साता सेन्सेटिभ इण्डेक्स २०.९३ अंक बढेर ५६२.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स यस साता ९.८४ अंक बढेर २१०.१८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ९.०६ अंक बढेर १८७.८४ विन्दुमा पुगेको छ।

यस साता नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत साता ५ कारोबार दिनमा ३७ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ४ कारोबार दिनमा ४२ अर्ब ४६ करोडको शेयर कारोबार भएको छ। गत साता दैनिक औषतमा साढे ७ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा साढे १० अर्बको शेयर कारोबार भएको छ।

नेप्सेको बजार पूँजीकरण यस साता डेढ खर्बभन्दा बढी बढेको छ। गत साता ४० खर्ब १० अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण यस साता १ खर्ब ६८ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १६.३२ प्रतिशत बढेको छ। गत साता १५.७५ विन्दु रहेको यस उपसमूहको परिसूचक यस साता २.५७ अंक बढेर १८.३२ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। यस उपसमूहको परिसूचक यस साता ५४०.८६ अंक बढेको छ।
कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सबैभन्दा कम अर्थात ०.३० प्रतिशत बढेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा प्रभु इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, मल्टीपपर्स फाइनान्स, हिमालयन पावर लगायतका कम्पनी परेका छन्। त्यसैगरी, यस साता लक्ष्मी उन्नती कोष, कुमारी इक्विटी फण्ड, निर्धन उत्थान लगायतका कम्पनी मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

बजार पूँजीकरणका आधारमा नबिल बैंक शीर्ष स्थानमा

यस साता बजार पूँजीकरणका आधारमा यस साता नबिल बैंक शीर्ष स्थानमा पुगेको छ। यस साता नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड पुगेको छ। विगतमा पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको नेपाल टेलिकम यस साता १ खर्ब ९४ अर्ब ४० करोड सहित दोस्रो स्थानमा झरेको छ।

comments powered by Disqus