गत सातादेखि दोस्रो बजारमा कारोबार शुरु भएको जीवन विकास लघुवित्तको वित्तीय अवस्था कस्तो?

Aug 05, 2021 08:01 AM Merolagani



साउन १४ गतेदेखि नेपाली धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको वित्तीय अवस्था मजबुत रहेको देखिन्छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशत बढी हो।

सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०२.६१ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७६ करोड १७ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा घट्न पुगेको हो। यद्यपि, सो अवधिसम्ममा लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ जसले गर्दा नाफा बढ्न पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको चुक्ता पूँजी ३३४.५७ प्रतिशत र जगेडा कोष १३७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १९३.१७ प्रतिशत बढेको छ भने निक्षेप ४३.८८ प्रतिशत र कर्जा लगानी ९१.८७ प्रतिशत बढेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी १३० रुपैयाँ ५३ पैसा घटेर ११३ रुपैयाँ ३४ पैसा पुगेको छ। यद्यपि लघुवित्तको यस्तो आम्दानी अन्य लघुवित्तको तुलनामा धेरै हो। लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।