विजय लघुवित्तको खुद नाफा १०० प्रतिशतभन्दा बढी बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 10, 2021 05:56 AM Merolagani

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।

गत असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०३.७२ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७९.१३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत १० करोड २३ लाख रुपैयाँ व्यवस्था गरेको छ भने २ करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ६२.५९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६.८० प्रतिशत, निक्षेप २५.०७ प्रतिशत र कर्जा २३.८२ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ४८ पैसा बढेर ४४ रुपैयाँ ४३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।