फेरि ५० हजार डलरमाथि पुग्यो बिटक्वाईन,एक लाख डलर पुग्न सक्ने अड्कलबाजी

Aug 23, 2021 03:46 PM Merolagani

बिटक्वाईन पछिल्लो ३ महिनामा पहिलो पटक ५० हजार डलरमाथि पुगेको छ । बिटक्वाईन मात्र होइन, सोमबार विश्वका अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि बढोत्तरी भएको छ । बढेत्तरी हुने क्रिप्टोकरेन्सीमध्ये इथेरियम, बाइनेंस क्वाईन, डँजक्वाइन लगायत छन् ।

मूल्य वृद्धि भएसँगै लगानीकर्ताहरुले नाफा कमाएका छन् । विश्वको क्रिप्टोकरेन्सी बजार २.९६ प्रतिशतले बढेर २.१६ लाख करोड डलर पुगेको छ । पछिल्लो २४ घण्टामा क्रिप्टो बजारमा कुल १०३.९४ अर्ब डलर सिक्काको कारोबार भएको छ ।

बिटक्वाइन एक लाख डलर माथि  पुग्ने संभावना

बिटक्वाईन जूनमा २९ हजार डलर माथि पुगेको थियो जुन ६ महिनाको सबैभन्दा तल्लोे स्तर थियो । हाल भने यो स्तर भन्दा ७० प्रतिशतले बिटक्वाईन बढेको छ ।

बिटक्वाईन अब एक लाख डलर पुग्न सक्ने अड्कलबाजी भइरहेको छ । यख्पी बिटक्वाईन अझैपनि आफ्नो रेकर्डस्तर भन्द्या धेरै पर छ जुन करिब ६५ हजार हजार डलर हो ।अप्रिलमा बिटक्वाईनले यो रेकर्ड कायम गरेको थियो ।

क्वाईनमार्केटक्याप डट कमको ( coinmarketcap.com ) तथ्यांक अनुसार विश्वको सबैभन्दा ठुलो र चर्चित क्रिप्टोकरेन्सी बिटक्वाईन पछिल्ले २४ घण्टामा २.८८ प्रतिशतले बढेर ५० हजार ४०९.१६ डलर भन्दा माथि उक्लेको छ । पछिल्लो ७ दिनमा बिटक्वाईन ६.१५ प्रतिशतले बढेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अन्य क्रिप्टोकरेनसीको मूल्य पनि हाल वृद्धि 

बिटक्वाईनका साथै अन्य क्रिप्टोकरेनसीको मूल्य पनि हाल वृद्धि भएको छ । तथ्याङ्क अनुसार सोमबार बिहानसम्ममा इथेरियमको मूल्य ३.५५ प्रतिशतले बढेर तीन हजार ३४६.७८ डलर पुगेको छ । यसैगरी कार्डानो ११.६० प्रतिशतले वृद्धि भएर २.८० डलरका साथ तेश्रो स्थानमा पुगेको छ ।

यस्तै बाइनेन्स क्वाइनको मूल्य ७.३७ प्रतिशतले माथि उक्लेर ४८२.८० डलर कायम रहेको छ । टेथर पनि ०.०३ प्रतिशतले बढेर १ डलर मूल्यका साथ पाँचौ स्थानमा परेको छ ।

एजेन्सी ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।