लगानीकाे नयाँ तरिका सिकाउने 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे पुस्तक सारंश

Sep 01, 2021 06:10 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले राेबर्ट किओसाकीद्वारा लिखित पुस्तक 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। यस साता साे पुस्तककाे सारंशकाे दाेस्राे भाग प्रस्तुत गर्दैछाैँ।

बजारमा धेरै प्रकारका लगानीकर्ता हुन्छन्, जसलाई विभिन्न सिप र दृष्टिकोण आवश्यक छ

जब हामी लगानीकर्ताको बारेमा सोच्छौँ, हामी प्रायः वाल स्ट्रीटका बैंकरहरुको कल्पना गर्छौँ, अथवा ट्रेडिङ्ग फ्लोरमा ठूलो स्वरले चिच्याइरहेको मानिसको बारेमा सोच्छौँ। तर, ‘लगानीकर्ता’ शब्द ती व्यक्तिहरुको समूहलाई पनि प्रयोग गर्न सकिन्छ जो बण्ड कारोबार गर्नेदेखि व्यवसाय खोल्छन्।

लगानीकर्ताको वर्गीकरण योग्य र मान्यता प्राप्त लगानीकर्ताबाट शुरु हुन्छ। यी दुई देखिने पाटो हुन्।
हामीले पहिले नै मान्यता प्राप्त लगानीकर्ता भेटिसकेका छौँः त्यस्तो व्यक्ति जसको तलब धेरै छ अथवा आफ्नो छनोटको लगानीमा लगानी गर्न कानूनी योग्यता पुगेको धेरै सम्पत्ती छ।

योग्य लगानीकर्ताहरु पनि मान्यता प्राप्त लगानीकर्ताहरु जस्तै धनी हुन्छन्, तर उनीहरु पनि वित्तीय साक्षर हुन्छन्। उनीहरुसँग व्यवसायको वित्तीय अवस्था विश्लेषण गर्न सक्षम हुन्छन् अथवा बजार मुभमेन्ट पछाडिको कारण हुन्छन्।

तर यी दुबै बाहिर रहन्छन्। अवश्य पनि, उनीहरु शेयर र समृद्धि त्यसरी खरिद गर्न सक्छन्, तर आफ्नो सम्पत्ती माथि थोरै मात्र नियन्त्रण हुन्छ।

यसको विपरित, एक भित्रि लगानीकर्ता सम्पत्ती खरिद गर्नुको सट्टा सिर्जना गर्छन्।

भित्रि लगानीकर्ता आफ्नो व्यवसाय निर्माण गर्छन्, चाहे त्यो रियल स्टक एजेन्सी होस्, एक टेक स्टार्ट अप अथवा नितान्त अरु केही। त्यो व्यवसाय एक मूल्यवान सम्पत्ती हुन सक्छ, र उसले त्यसलाई आम्दानी गर्न प्रयोग गर्न पनि सक्छन् अथवा त्यसलाई बिक्री गर्न सक्छन्।

साँच्चिकै शीर्ष स्थानमा पुग्नका लागि – एक परिष्कृत लगानीकर्ता – बन्न, भित्रि लगानीकर्ताले कम्पनीलाई बाहिरी तरिकाबाट कसरी विश्लेषण गर्ने भन्ने सिक्नका लागि आफ्नो व्यवसाय स्थापना गर्दाको अनुभव प्रयोग गर्नुपर्नेछ।

एक परिष्कृत लगानीकर्ताले आफ्नो फाइदाका लागि कसरी कर र कानूनलाई काम गर्न लगाउने भन्ने थाहा हुनछ। कसरी भन्ने कुरा हामी सारंशको अन्त्यमा थाहा पाउनेछौँ।

त्योभन्दा अघि, हामी कसरी भित्रि लगानीकर्ता बन्न र धनीहरुको लगानी अवसरलाई कसरी पहुँच पुर्याउन सकिन्छ भन्ने हेरौँ। अब व्यवसायको बारे जान्ने बेला भयो।

यदि तपाई अझै धनी हुनुहुन्न भने, भित्रि लगानीकर्ता बन्नुहोस्, व्यवसाय शुरु गर्नु सम्पत्ती प्राप्त गर्ने बाटो हो

धेरै व्यक्तिहरु सोच्छन्, ‘म कहिले आफ्नो व्यवसाय शुरु गर्न सक्दिन।’ तर १२० वर्ष अघि, ८५ प्रतिशत अमेरिकीहरु स्वतन्त्र कृषक थिए अर्थात अमेरिकाका अधिकांश व्यक्ति व्यवसायी थिए– र तपाई पनि एक बन्न सक्नुहुन्छ।

जो कोहीले पनि व्यवसाय शुरु गर्न र धनी बन्न सक्छन्। यदि तपाई मान्यता प्राप्त अथवा योग्य लगानीकर्ता बन्न चाहनुहुन्छ भने, तपाई पहिले नै धनी हुनु पर्नेछ। तर, व्यवसाय शुरु गर्न केही सिर्जनशीलता मात्र चाहिन्छ।

यस विन्दुमा लेखक एक केश हुन्। उनले आफ्नो पहिलो व्यवसाय बाल्यकालमा, केही नहुँदा शुरु गरे। एक स्थानिय पसले पुराना कमिकहरु फालिरहेको देखे र ती कमिकहरुलाई उनलाई दिन अनुमति दिए। त्यसपछि उनले स्कुलका साथीहरुलाई १० सेन्ट सदस्य शुल्क लिएर एक नाफामुलक कमिक पुस्तकालय खोले। केही थिएन तर आईडिया राम्रो थियो, उनले सम्पत्ती निर्माण गरे।

धेरै मानिसहरु पछि हट्नुको कारण समय र पैसा हो। तपाईले बिल तिर्नुपर्ने हुन्छ, त्यसैले तपाई जागिर छोड्न चाहनुहुन्न, होइन र? त्यसो भए तपाई कसरी व्यवसाय शुरु गर्न सक्नुहुन्छ?

तर, व्यवसाय शुरु गर्न नितान्त सम्भावना छ, र विश्वका सबैभन्दा राम्रा व्यवसायिहरुले त्यस्तै गरे।

माइकल डेलले आफ्नो विश्वविद्यालयको डोर्म रुममा पार्ट–टाइम काम गरेर डेल कम्प्यूटर शुरु गरेका थिए र क्रमशः उनी यति धनी भए कि उनले ड्रप आउट गर्ने निर्णय गरे। जेफ बेजोसले पार्ट टाइम एमेजन शुरु गरे, ग्यारेजमा काम गरेर र अहिले उनी सबैभन्दा धनी व्यक्ति बने। सोच्नुहोस्, यदि उनले आफ्नो फुर्सदको समयमा त्यो शुरु गर्ने आँट नगरेको भए।

एक पटक तपाईसँग व्यवसाय भएपछि, तपाईसँग विकल्प हुनेछ। तपाईले त्यसबाट आएको पैसालाई अन्य सम्पत्तीमा पुनर्लगानी गर्नसक्नुहुन्छ, तपाईले व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र बिक्री गर्न पनि सक्नुहुन्छ, अथवा तपाईले पब्लिकमा लग्न सक्नुहुन्छ। यी तीन वटै धनी बन्ने बाटोहरु हुन सक्छन् जुन तपाईले कर्मचारीको रुपमा कहिल्यै अनुभव गर्न सक्नुहन्न।

हामी सबैसँग व्यवसाय शुरु गर्ने क्षमता छ, तर कसरी भन्ने थाहा नहुनसक्छ। अर्को पुस्तक सारंशमा, व्यवसायलाई कसरी चलायमान बनाउने भन्ने सिद्धान्तहरुको बारे चर्चा गर्नेछौँ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।