मर्जरलाई अन्तिम स्वीकृती दिन घोडीघोडाले डाक्यो विशेष साधारण सभा

Sep 14, 2021 09:27 AM Merolagani



घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड (GGBSL) ले मर्जरलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा डाकेको छ।

लघुवित्तले असोज १६ गते, शनिबार होटल रुबस, बैयाबेहडी, धनगढी, कैलालीमा सो सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्त एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रस्तावलाई अन्तिम स्वीकृती दिनेछ। घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तलाई १ बराबर ०.५० शेयर आदान प्रदान अनुपातमा प्राप्त गर्न लागेको हो। सभाले सो स्वाप रेशिया पनि पारित गर्नेछ।

मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार २०७७ कात्तिक २३ गतेदेखि रोक्का रहेको छ। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।