व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Oct 27, 2021 06:18 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे पाँचाै भाग यहाँ प्रस्तुत गरिएकाे छ।

६ वर्गहरु

एक पटक तपाईले कुनै क्षेत्रका कम्पनीहरुको आकार थाहा पाउनु भयो भने, तपाईले ती कम्पनीहरुलाई ६ वर्गमा विभाजित गर्न सक्नुहुन्छः स्लो ग्रोअर्स, स्टलवार्टस्, फास्ट ग्रोअर्स, साइक्लिकल, एसेट प्लेज र टर्नअराउण्ड।

माथिका मध्ये तीन वर्गहरुको सम्बन्ध ग्रोथ स्टकसँग छ। तपाई ग्रोथ स्टकहरुलाई स्लो ग्रोअर्स (स्लगिश), मिडियम ग्रोअर्स (स्टलवार्ट्स) र फास्ट ग्रोअर्स–सुपर स्टक जुन आकर्षणको हकदार छ, मा विभाजित गर्न सक्नुहुन्छ। ग्रोथ कम्पनीहरु प्रत्येक वर्ष धेरै बिक्री, धेरै उत्पादन र धेरै नाफामा विस्तार भएको हुन्छ।

क) स्लो ग्रोअर्सः ठूला र पुराना कम्पनीहरु सुस्त गतिमा विकासित हुन्छ तर ग्रस नेशनल प्रडक्टभन्दा थोरै छिटो वृद्धि हुन्छ। उनीहरु फास्ट ग्रोअर्सजस्तो शुरु गर्छन् र विस्तारै बाहिरिन्छन्। जब क्षेत्र सुस्ताउँछ, त्यसभित्रका अधिकांश कम्पनीहरु पनि सुस्ताउँछन्। ढिलो होस् या चाँडो प्रख्यात फास्ट ग्रोइङ्ग कम्पनीहरु स्लो ग्रोइङ्गमा परिणत हुन्छन्।

‘स्लो ग्रोअरको निश्चित संकेत भनेको यसले नियमित उदार लाभांश वितरण गर्दछ। जब कम्पनीहरुको व्यवसाय विस्ताका लागि नयाँ तरिकाहरु अपनाउन सक्दैनन्, उनीहरु उदार भएर लाभांश वितरण गर्छन्।’

‘यदि कम्पनीहरु कहिँ पनि छिटो गइरहेका छैनन् भने, उनीहरुको स्टक पनि कहिँ जाँदैन। यदि कम्पनीले विकास गरिरहेको छैन भने सुस्त कम्पनीहरुमा समय खेर फाल्नुको के अर्थ?’

ख) स्टलवार्ट्सः यी मल्टी बिलियन कम्पनीहरु हुन् जुन स्लो ग्रोअर्सभन्दा छिटो वृद्धि गर्ने अपेक्षा गरिन्छ। स्टलवार्ट्सहरु राम्रो नतिजा दिन्छन् तर उत्कृष्ट दिन सक्दैनन्। स्टलवार्ट्सबाट वार्षिक १० देखि १२ प्रतिशतसम्म आम्दानी वृद्धिको अपेक्षा गर्न सकिन्छ। तपाईले के किन्नु भयो र कतिमा किन्नु भयो, त्यसले स्टलवार्टमा तपाईले कति नाफा कमाउनुहुन्छ भन्ने निर्धारण गर्छ। मन्दी र गाह्रो समयमा बेला यस वर्गका कम्पनीहरु राम्रो प्रोटेक्सन दिन्छन्। उदारणका लागि, मन्दीको बेला मानिसहरु कर्नफ्लेक्स खान्छन् र त्यसैले केलग विस्तारै वृद्धि हुन्छ।

ग) फास्ट ग्रोअर्सः यी सबै साना, आक्रामक नयाँ कम्पनीहरु हुन् जुन वार्षिक २० देखि २५ प्रतिशत बढ्छ। जबसम्म उनीहरु आफ्नो वृद्धिदर कायम राख्न सक्छन्, उनीहरु स्टक मार्केटका ठूला विजेता हुन्। सानो पोर्टफोलियोमा यस्ता एक दुई कम्पनीहरुले करियर बनाउन सक्छ। फास्ट ग्रोइङ्ग कम्पनी फास्ट ग्रोइङ्ग क्षेत्रमा हुनुपर्छ भन्ने छैन।

घ) द साइक्लिकल्सः साक्लिकल उद्योगमा, कम्पनीको बिक्री र नाफा घट्ने बढ्ने निरन्तर भइराख्छ। अटो र एयरलाइन्स, टायर कम्पनी, स्टिल कम्पनी र केमिकल कम्पनीहरु साइक्लिकल हुन्। जब अर्थव्यवस्था विस्तार हुन्छ, यस्ता कम्पनीहरु फस्टाउँछन् र उनीहरुको स्टक मूल्य स्टलवार्ट्सको तुलनामा बढी बढ्ने गर्छ। जब अर्थव्यवस्था खुम्चिन्छ, उनीहरुको बिक्री र नाफा छिटो घट्छ र स्टक मूल्य पनि। यदि यी कम्पनीहरुको शेयर अर्थिक चक्रको गलत हिस्सामा खरिद गरियो भने तपाईले अर्को वृद्धिलाई देख्न वर्षौँ कुर्नुपर्ने हुनसक्छ।

‘साइक्लिकमा टाइमिङ्ग नै सबथोक हो, र तपाईले व्यवसाय घट्न लागेको हो कि बढ्न लागेको हो भन्ने पूर्वसंकेत पहिले नै पत्ता लगाउनु पर्ने हुन्छ।’

५) टर्नअराउण्ड्सः टर्नअराउण्डहरु निराश छन्, सताइएका छन् र डाउन साइकलमा यति तल झर्छन् कि मानिसहरु यो अब कहिले माथि चढ्दैनन् भन्ने सोच्न पुग्छन्। खराब व्यवस्थित साइक्लिकल जहिले पनि एक सम्भावित उम्मेद्वार हुन्। अधिकांश टर्नअराउण्डहरु असफल हुन्छन्, तर कहिलेकाहीँ हुने प्रमुख सफलताहरुले टर्न अराउण्ड व्यवसायलाई एकदमै उत्साहित र धेरै प्रतिफल दिन सक्छन्। लगानीकर्ताहरु दुःखबाट टाढा रहनुपर्छ जहाँ परिणाम अप्रमाणित हुन्छ। त्यस्ता टर्नअराउण्ड कम्पनीहरु सफल हुन्छन् जुन आफ्नो प्रमुख व्यवसायमा केन्द्रित हुन्छन् र आफ्नो व्यवसाय विविधिकरण गर्न प्रवेश गरेका व्यवसायबाट बाहिरिन्छन्।

६) द एसेट प्लेजः एसेट प्ले त्यस्ता कम्पनी हुन् जुन तपाईलाई थाहा भएको केही अमूल्य कुरामा अडिरहेको छ तर भिडले त्यसलाई बेवास्ता गरिरहेको छ। यो यस्तो ठाउँ हो जहाँ स्थानिय पक्षलाई ठूलो फाइदाका लागि प्रयोग गर्न सकिन्छ। संक्षिप्तमा, तपाई त्यस्ता कम्पनीहरु खोज्नुहोस् जसको धेरै सम्पत्ती छ, जस्तै रकम, लगानी, सम्पत्ती, मेशिन आदि जसको मूल्य तपाईले तिर्ने मूल्यभन्दा बढी होस्।

यस्ता कम्पनीहरु सँधै एउटै वर्गमा रहि रहँदैनन्। उच्च वृद्धि कम्पनीहरु सँधै आफ्नो दोहोरो अंकको वृद्धिलाई कायम राख्न सक्दैनन्। फास्ट ग्रोइङ्ग कम्पनीहरु स्टलवार्ट्स हुनसक्छन् र स्लो ग्रोअर्स अझ तल झर्न सक्नछन् जसले उनीहरुलाई टर्नअराउण्डको उम्मेद्वार बनाउन सक्छ।

स्टकहरुलाई वर्गमा राख्नु भनेको कथाको विकास गर्नको लागि पहिलो चरण हो ताकि तपाईलाई कथा कस्तो हुनुपर्छ भन्ने थाहा हुन्छ। अर्को कदम भनेको विवरण भर्नु हो।

अध्याय ८ः पर्फेक्ट स्टक

यदि व्यवसाय सामान्य छ र बुझ्न सजिलो छ भने त्यो कम्पनीको विकास गर्न सजिलो हुन्छ।

‘कुनै पनि इडियटले यो व्यवसाय चलाउन सक्छ जुन उत्तम कम्पनीको एक विशेषता हो, मैले देखेको सपनाको स्टक जस्तै।’

निम्न तेह्र विशेषताहरुले तपाईलाई कम्पनी खोज्न सजिलो बनाउँदछः

१) यो सुस्त सुनिन्छ–अझ राम्रोसँग भन्नु पर्दा हास्यास्पद

‘पर्फेक्ट स्टक एक पर्फेक्ट कम्पनीसँग जोडिएको हुनसक्छ, र पर्फेक्ट कम्पनी एक पर्फेक्ट सामान्य व्यवसायमा संलग्न हुनुपर्छ र पर्फेक्ट सामान्य व्यवसायको त्यस्तै बोरिङ्ग नाम हुनसक्छ। जति धेरै बोरिङ्ग, त्यति राम्रो।’

२) यसले केही सुस्त काम गर्छ

‘जब बोरिङ्ग नाम भएकोले केही बोरिङ्ग काम गर्छ भने त्यसले मलाई अझ उत्साहित बनाउँछ।’

‘कम्पनी जसले बोरिङ्ग काम गर्छ त्यो कम्पनी बोरिङ्ग नाम भएको कम्पनीजस्तै राम्रो हुन्छ र दुबै भएको एकदम राम्रो हो। दुबै सँगै हुनु अक्सिमोरोनहरुलाई तबसम्म टाढा राख्नु पर्छ जबसम्म राम्रो समाचारले खरिद गर्न बाध्य पार्दैन, जसले स्टकको मूल्य झन् बढाउँछ।’

३) यसले केही असहमत हुने कुरा गर्छ

‘बोरिङ्ग मात्र भन्दा पनि कुनै एक स्टक बोरिङ्ग र घृणित दुबै हुनु धेरै राम्रो हो। केही यस्तो जसले मानिसहरुलाई पछाडि तान्छन्, संकुचित गर्छन् या घृणाबाट टाढा राख्छन् त्यो आदर्श हो।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।