आरम्भ चौतारी लघुवित्तको नाफा १५ प्रतिशत बढ्यो

Nov 15, 2021 12:30 PM Merolagani

आरम्भ चौतारी लघुवित्त (ACLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको भन्दा १४.९९ प्रतिशतले धेरै हो।

लघुवित्तको ब्याज आम्दानी बढ्दा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। लघुवित्तको खुद ब्याज आम्दानी ६३.५० प्रतिशतले बढेर ९ करोड २० लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको निक्षेप संकलन ४३.३६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६६ प्रतिशतले बढेर ४ अर्ब ८७ करोड ३० लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा भने १.९१ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेको छ।

हाल २८ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ छ।

लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ १० पैसाले बढेर २० रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ११ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।