महिला लघुवित्तको नाफा बढ्यो, आईपीओ निष्काशनपछि ईपीएस घट्यो

Nov 18, 2021 09:18 AM Merolagani

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२.१८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ५१.७६ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ५४.२४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५४.२४ प्रतिशत र निक्षेप ४०.४५ प्रतिशत बढेको छ भने कर्जा ६२.७६ प्रतिशत बढेको छ।

नाफा बढेपनि आईपीओ निष्काशनका कारण लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ५७ पैसाबाट १७ रुपैयाँ ८६ पैसा घटेर ११४ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।