सुनको भाउ लगातार तेश्रो दिन घट्यो, चाँदी भने बढ्यो

Nov 25, 2021 11:23 AM Merolagani



सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ। मंसिर ९ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ।

महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। कार्तिक ६ गते यता सुन निरन्तर ओरालो लागिरहेको छ।

बिहीबार सुनको भाउ घटेपनि चाँदीको भाउ भने वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो।

यसअघि बुधबार चाँदीको भाउ घटेको थियो। सो दिन चाँदी तोलामा ३० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २२५ रुपैयाँ ताकिएको महासंघले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । आज सुन प्रतिअउन्स २ डलर भन्दा धेरैले बढेर एक हजार ७९२ डलर बराबरमा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि सामान्य रुपमा बढेर प्रति अउन्स २३ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।