सुनको भाउ लगातार तेश्रो दिन घट्यो, चाँदी भने बढ्यो

Nov 25, 2021 11:23 AM Merolagani



सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ। मंसिर ९ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ।

महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। कार्तिक ६ गते यता सुन निरन्तर ओरालो लागिरहेको छ।

बिहीबार सुनको भाउ घटेपनि चाँदीको भाउ भने वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो।

यसअघि बुधबार चाँदीको भाउ घटेको थियो। सो दिन चाँदी तोलामा ३० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २२५ रुपैयाँ ताकिएको महासंघले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । आज सुन प्रतिअउन्स २ डलर भन्दा धेरैले बढेर एक हजार ७९२ डलर बराबरमा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि सामान्य रुपमा बढेर प्रति अउन्स २३ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।