गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 28, 2021 08:11 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा बन्द भएको हो।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ। यद्यपि, यस साताको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता खरिदकर्ताहरु माथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्युम ५ अर्ब ५५ करोड रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २६.३३ प्रतिशत कम हो।

होटल तथा पर्यटन
गत साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको थियो। जसमध्ये एक हो, होटल तथा पर्यटन उपसमूह।

गत साता सो उपसमूहको परिसूचक ०.९८ प्रतिशत बढेको थियो। अघिल्लो साता ३३६९.६१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ३३.०८ अंक बढेर ३४०२.६९ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा यस उपसमूहको बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु जरुरी छ।)




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।