गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jul 10, 2022 06:00 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २०२८.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७८ प्रतिशत अर्थात ३६.१५ अंक घटेर १९९२.६२ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन मात्र बढेको थियो। सो साता आइतबार र बुधबार बजार बढेको थियो भने बाँकी कारोबार दिन ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा डेड क्रशओभर बन्नेछ। सो क्रशओभरले बजार घट्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ताहरु बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले सुटिङ्ग स्टार मैनबत्ती बनाएको छ। यो एक बियरिश मैनबत्ती हो।

नेप्से ओरालो लागेपनि यस साता भोल्यूम भने बढेको छ। यस साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जससँगै नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४१.७६ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। सो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको ०.९९ प्रतिशत बढेको छ।

अघिल्लो साता २२७६.४५ विन्दुमा बन्द भएको जलविद्युत उपसमूहको परिसूचक, गत साता २२.४४ अंक घटेर २२९८.८९ विन्दुमा झरेको छ। यस अनुसार, यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने २००० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको जस्तै यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमए भन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको साँघुरिँदै गएको दूरीले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।