‘प्रोभिजनिङ्ग’ घट्दा राष्ट्र उत्थान लघुवित्तको नाफा बढ्यो

Aug 04, 2022 05:05 AM Merolagani



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापत कम रकम छुट्याएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६२.६७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४१.८१ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर २५ रुपैयाँ ५८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.२० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ।

२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड २२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ०.५५ प्रतिशत घटेको छ भने निक्षेप २९.३२ प्रतिशत र कर्जा २७.१७ प्रतिशत बढेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।