इमर्जिङ्ग नेपालको नाफा सामान्य घट्याे

Aug 05, 2022 08:43 AM Merolagani



इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा थोरै घटेको छ।

सो अवधिसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अन्य श्रोतबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६.५० प्रतिशत घटेको छ भने अन्य श्रोतबाट भएको आम्दानी ९९.३९ प्रतिशत बढेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ पैसा घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२८.३८ गुणा रहेको छ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।