स्पेशल प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Aug 08, 2022 10:50 AM Merolagani

साउन २३ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावर (HHL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २२८ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर साउन २० गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन उच्च रेञ्जमा कम्पनीको शेयर कारोबार भएको हो।
नेप्सेले कम्पनीको शेयरलाई एचएचएल कारोबार संकेत प्रदान गरेको हो।

comments powered by Disqus

वाणिज्य बैंकहरुले बढाए ब्याजदर

Sep 16, 2022 06:38 AM

भदौको अन्तिम दिन वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार पछिल्लो ६ महिनादेखि स्थिर ब्याजदर कायम गरेका वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन्।