गत साता साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Aug 21, 2022 05:55 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेको छ। अघिल्लो साता २०३७.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता ३०.३४ अंक बढेर २०६८.२६ विन्दुमा पुगेर बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये २ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। गत साता सोमबार र बिहीबार नेप्से उकालो लागेको थियो। साताको अन्तिम कारोबार दिन भने नेप्से बन्द रहेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेमा बुलिश मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता माथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ। साप्ताहिक रुपमा भने गत साता नेप्सेले बुलिश स्पीनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले सो साता बिक्रीकर्ता कमजोर भएको संकेत गर्दछ।

नेप्से उकालो लागेपनि गत साता भोल्यूम भने कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब १० करोडको शेयर कारोबार भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २९.४७ प्रतिशत कम हो। बढ्दो बजारमा बढ्दो भोल्यूम हुनु आवश्यक छ। नेप्सेसँगै भोल्यूम बढ्दा सो वृद्धिलाई बलियो मानिन्छ।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। सो साता जलविद्युत उपसमूहको परिसूचक २.८२ प्रतिशत बढेको छ।

अघिल्लो साता २४२९.९९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ६८.४१ अंक बढेर २४९८.४० विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी ओरालो लागेमा भने २२०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहमा बुलिश मैनबत्ती बनेको छ। जसले सो दिन बजारमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।