गत सातामा करिब ३३ अंक घटेको नेप्से, यस साता के होला?

Sep 11, 2022 05:28 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३३ अंक घटेको छ। अघिल्लो साता १९७०.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता ३२.८८ अंक अर्थात १.६७ प्रतिशत घटेर १९३७.७४ विन्दुमा झरेको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

गत साता नेप्सेले साप्ताहिक रुपमा छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्तामाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्युम पनि कमजोर देखिएको छ। गत साता दैनिक औषतमा १ अर्बको शेयर कारोबार भएको छ। नेप्सेको पछिल्लो २० दिनको औषत भोल्यूम १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २९.०८ प्रतिशत कम हो। घट्दो बजारमा भोल्यूम कमजोर हुनुले लगानीकर्ताहरु शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

निर्जीवन बीमा उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत घटेको छ। त्यसैगरी, गत साता निर्जीवन बीमा उपसमूहको परिसूचक ०.४७ प्रतिशत घटेको छ।

अघिल्लो साता ७९३८.४९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ३७.४४ अंक घटेर ७९०१.०५ विन्दुमा झरेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा ७००० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ९००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा निर्जीवन बीमा कम्पनीहरुको बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।