नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३६८ प्रतिशत बढ्यो, नाफा कति?

Nov 13, 2022 06:36 AM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६८.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि कम्पनीको खुद नाफा भने ९८.८४ प्रतिशत घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ। वित्तीय खर्च उल्लेख्य बढेका कारण नाफामा दबाब पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ।

सुनकोशी हाइड्रोपावरलाई प्राप्त गरेको यस कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेको छ भने जगेडा कोष ८९.७३ प्रतिशत घटेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।