इम्पेरमेन्ट चार्ज बढेपछि डिप्रोक्स लघुवित्तको नाफा घट्यो

Nov 14, 2022 09:10 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४३ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ४.८५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४३.१३ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा ३.०१ प्रतिशतविन्दु बढेर ३.६८ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ७५ पैसा घटेर ३४ रुपैयाँ २९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कर्जा १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।