चिलिमे जलविद्युतको नाफालाई वित्तीय आम्दानीको टेवा

Nov 14, 2022 02:59 PM Merolagani



चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बढेको छ।

कम्पनीले सो अवधिसम्ममा २० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै वित्तीय आम्दानी बढेका कारण कम्पनीको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तुलनामा बढी विद्युत उर्जा खरिद भएकोले गर्दा बिक्री आम्दानी बढ्न गएको हो। त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी ५५.४७ प्रतिशत बढेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी ६५ पैसा घटेर १२ रुपैयाँ ३२ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७७ पैसा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेको छ भने जगेडा कोष ४.७९ प्रतिशत घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।