भर्खरै दोस्रो बजारमा कारोबार सुरु भएको सिक्लेस हाइड्रोपावरको वित्तीय अवस्था कस्तो?

Nov 16, 2022 06:33 AM Merolagani



सिक्लेस हाइड्रोपावर लिमिटेड (SIKLES) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ६ करोड २ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फता १२ करोड ४० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १२ करोड ४० लाख ६७ हजार रुपयाँ रहेको छ।

८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ कराड ६५ लाख ७३ हजार रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३४ पैसा रहेको छ।

कम्पनीको शेयर कात्तिक २८ गते नेप्सेमा सूचीकृत भइ कात्तिक २९ गते अर्थात हिजोदेखि दोस्रो बजारमा कारोबार शुरु भएको छ।

यस आयोजनाको विद्युत खरिद बिक्री सम्झौता बमोजिम मद्क्यु खोला जलविद्युत आयोजनाको कनेक्सन १३२ केभि मादि सवस्टेसन हुँदै विद्युत प्राधिकरणको लेखनाथ सवस्टेसन १३२ केभिमा कनेक्सन गरी हाल पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।